"Economic ties between Nepal & India towards furthering closer relationship" विषयक गोष्ठीमा वैद्यको सहभागिता |
|
दिल्ली, १ पुस/
वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक कुमार वैद्यले नेपाल–भारत बीच विद्यमान व्यापार घाटालाई समयसापेक्ष समायोजन गर्ने तर्फ साझा सहकार्य हुनु पर्ने धारणा राख्नु भएको थियो । उहाँले नेपाल र भारत बीच वर्षौ पुरानो सम्बन्धलाई युग सापेक्ष वैज्ञानिक रुपमा अघि बढाउनुपर्ने बताउँदै आर्थिक विकासका लागि नेपाल–भारत बीच रेल्वे विस्तार, जलस्रोत विकास, खनिजजन्य उत्पादनमा साझा सहकार्य, जडिबुटीको विकास र विस्तार लगायतका आर्थिक क्षेत्रमा नेपाल–भारत बीच एउटा दिगो समझदारी गरेर अघि बढ्न सके विद्यमान व्यापार घाटा लगायत दुई पक्षीय आर्थिक सम्बन्ध विस्तार र विकासमा ठूलो योगदान पुग्ने धारणा समेत राख्नुभएको थियो । उक्त कुरा भारत सरकारको निमन्त्रणामा आयोजित "Economic ties between Nepal & India towards furthering closer relationship" विषयक गोष्ठीमा प्रमुख वक्ताका रुपमा व्यक्त गर्नु भएको हो ।
सो कार्यक्रममा जवाहर लाल विश्वविद्यालयका प्रोफेसर डा. आनन्द कुमार, विहारका विधायक हरेन्द्र पाण्डे तथा काठमाण्डू विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर निर्मल मणि अधिकारीले आ–आफ्ना विचार राख्नु भएको थियो ।
|