उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
उद्योगी व्यवसायी बीच उद्योगमन्त्री अनिल कुमार झा
PDF Print E-mail
alt

वीरगंज, १२ माघ/
वीरगंज उद्योग वाणिज्य संघको आयोजनामा संघको सभाकक्षमा उद्योग मन्त्री अनिल कुमार झा र वीउवासंघ बीच उद्योग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष अशोक वैद्यले आफ्नो स्वागत मन्तव्य व्यक्त गर्दै बारा÷पर्सा क्षेत्रमा अवस्थित उद्योगहरुको विद्यमान विद्युत् आपूर्ति, श्रम समस्या, वातावरणीय संरक्षण सम्बन्धी समस्याको समाधान हुनुपर्ने, रुग्ण अवस्थामा रहेका उद्योगहरुलाई राहतका प्याकेजहरु ल्याउनु पर्ने, लगानी मैत्री वातावरण सृजना हुनुपर्ने लगायतका कुराहरु माथि प्रकाश पार्नु भएको थियो ।
उद्योग मन्त्री अनिल कुमार झाले बारा÷पर्सा औद्योगिक कोरिडोरमा रहेका समस्याहरुलाई सम्बोधन गर्दै विद्यमान समस्याहरुलाई आपूmले सकारात्मक रुपमा लिएको तथा सोको समाधानका लागि आपूmले सम्बन्धित मन्त्रालयहरुसँग समन्वय तथा पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । त्यसैगरी उद्योग सचिव कृष्ण ज्ञवालीले वर्तमान राजनीतिक अवस्थाका कारण ऐनहरुलाई तत्कालै संशोधन गर्न नसकिने भएतापनि नियमावलीमा संशोधन गरी उद्योग मैत्री वातावरण सृजना हुने किसिमको नियमावली ल्याउने कुरामा उद्योग मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।
संघका महासचिव गोपाल केडियाले संचालन गर्नुभएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग विभागका महानिर्देशक, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, वीरगंजका प्रमुख शम्भु कुमार झा, घरेलु तथा साना उद्योग कार्यालय, पर्साका प्रमुख विमल प्रसाद बराल, संघका पूर्व उपाध्यक्ष उमेशचन्द ठाकुर, संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा स्थानीय उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।