उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
आ.रा.का. पर्साका प्रमुखसँग भेटघाट तथा छलफल
PDF Print E-mail
alt

वीरगंज, ६ फाल्गुन/
वीरगंज उद्योग वाणिज्य संघको आयोजनामा वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, का.स.स., सल्लाहकार एवं आन्तरिक राजस्व कार्यालय, पर्साका नव आगन्तुक प्रमुख कर अधिकृत अर्जुन भट्टराई बीच एक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
वीउवासंघका अध्यक्ष अशोक कुमार वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष वैद्यले नव आगन्तुक प्रमुख कर अधिकृत भट्टराई स्वागत गर्नु हुँदै करदाता र कर संकलनकर्ता बीच ग्राहक र बिक्रेताझै मैत्रीपूर्ण सम्बन्ध हुनु पर्दछ । वीउवासंघले सदैव वैद्य व्यापारलाई मात्रै प्रोत्साहन गर्नुका साथै आम उद्यमी व्यापारीहरुको लागि कर सम्बन्धी विभिन्न चेतनामूलक तालिम प्रदान गर्दै आएको छ । आगामी दिनहरुमा पनि वीउवासंघले कर मैत्रीपूर्ण वातावरण सृजना गर्नका लागि आन्तरिक राजस्व कार्यालयसँग सहकार्य गरी कर सचेतनामूलक कार्यक्रमहरुमा सहयोग पु¥याउने प्रतिबद्धता अध्यक्ष वैद्यले व्यक्त गर्नुभयो । कर सम्बन्धी समस्या, सुझाव तथा सल्लाहहरु माथि प्रकाश पार्दै संघका नि.अध्यक्ष अशोक टेमानी, पूर्व अध्यक्ष तथा नेउवामहासंघका कार्यकारिणी सदस्य विजय सरावगी, संघका उपाध्यक्ष सुबोध गुप्ता लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
खुला छलफलका क्रममा उठेका कुराहरुलाई प्रकाश पार्दै भट्टराईले विगतका वर्षहरु वीउवासंघले कर मैत्रीपूर्ण वातावरण एवं कर सचेतनाको लागि खेल्दै आएको भूमिकालाई सराह्ना गर्दै आउने दिनहरुमा पनि संघको सहकार्य तथा सहयोगले कर क्षेत्रमा देखिएका समस्याहरु न्यून हुँदै जाने विश्वास रहेको बताउनुभयो । वीउवासंघले उद्योग व्यापारलाई मात्र हैन, सामाजिक तथा जनचेतनामूलक कार्यक्रममा समेत यथेष्ट योगदान पु¥याउँदै देशको उत्थानको लागि निरन्तर रुपमा सहयोग पु¥याउँदै आएको कुरा भट्टराईले राख्नु भएको थियो ।
संघका कार्यवाहक महासचिव रविन्द्र बरनवालले उद्घोषण गर्नु भएको सो कार्यक्रममा संघका उपाध्यक्ष ओमप्रकाश शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष सुनिल खेतान, सह–कोषाध्यक्ष दीपक टिबडेवाल, सह–सचिवद्वय अरविन्द्र अमात्य र मनोज शर्मा, सल्लाहकार रामऔतार खण्डेलवाल लगायत का.स.स.हरुको उपस्थिति रहेको थियो ।