वीउवासंघको कार्यसमिति विस्तार |
|
वीरगंज, १६ फाल्गुन/
वीरगंज उद्योग वाणिज्य संघको कार्यसमितिको आज बसेको बैठकले संघको कार्यसमिति सदस्यमा रमेश अग्रवाल, सुशान्त चाचान र प्रकाश खण्डेलवाललाई मनोनयन गरेको छ ।
संघको विधान २०४८ बमोजिम कार्यसमितिमा ३ जनालाई मनोनयन गरि पद पूर्ति गर्ने प्रावधान रहेकोले सोही अनुरुप मनोनयन गरिएको हो । वहाँहरुको मनोनयनले संघको संस्थागत विकास, सचिवालय सुदृढीकरणमा सहयोग पुग्ने विश्वास लिइएको कुरा प्राप्त समाचारमा जनाइएको छ ।
|