उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासंघको प्रचण्डसँग भेटघाट
PDF Print E-mail
alt

काठमाडौं, १४ बैशाख/वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैधको नेतृत्वमा संघका पदाधिकारी सम्मलित एक टोलीले आज एकिकृत नेकपा माओवादीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) संग पर्साको पोखरियामा भेटघाट तथा छलफल ग¥यो ।
सो भेटघाटको क्रममा संघका अध्यक्ष बैधले मुलुकको दीर्घकालिन आर्थिक विकासमा महत्व पूर्ण योगदान पु¥याउने उद्योग, व्यापार तथा नीजि क्षेत्रको भूमिकालाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । हाल उद्योग, व्यापारको प्रमुख समस्याको रुपमा रहेको विद्युत, शान्ति सुरक्षा, लम्बिदो संक्रमणकालले श्रृृजित समस्याहरुलाई सम्बोधन गर्नु पर्ने बताउदै बीरगंजको सीमावर्ति भारतीय शहर रक्सौलबाट नेपालको परवानीपुर सम्म नयाँ विद्युत प्रसारण लाइन निर्माण गरिनु पर्ने रक्सौल अमलेखगंज रेल्वे लाईन विस्तार गरिनु पर्ने बताउनु भयो ।
आजै अध्यक्ष प्रचण्डको हुन लागेको भारत भ्रमणको अवसर छोपेर नेपालको भारत संगको बढदो व्यापार घाटालाई न्यून गर्न दुई पक्षिय आर्थिक सम्बन्धलाई अझै घनीभूत रुपले अघि बढाउन समेत सो अवसरमा संघका अध्यक्ष बैधले बताउनु भयो । यसै गरि भेटघाटका क्रममा संघका निवर्तमान अध्यक्ष अशोक टेमानीले हाल सिमावर्ती क्षेत्रमा भएको भारु सटहीको समस्या वीरगंजको बढदो आर्थिक महत्वका बारे जानकारी गराउनु भएको थियो भने महासचिव गोपाल केडियाले वीरगंजको पश्चिम पट्टी एकीकृत भन्सार चौकी समेतलाई समेट्ने गरि बैकल्पिक मार्ग रहेको सो मार्गलाई नै त्रिभुवन राजपथको रुपमा प्रयोगमा ल्याउन र वीरगंजको मूल संरचनालाई भत्काउनु नहुने तर्फ अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले संघ द्वारा प्रस्तुत विषयहरुलाई आफुले अत्यन्तै गम्भिरतापूर्वक लिएको बताउदै आफ्नो भारत भ्रमणका क्रममा वीरगंज उद्योग वाणिज्य संघले प्रस्तुत गरेका विषयहरु लगायत नेपाल भारत वीचको आर्थिक सम्बन्ध विस्तार गर्ने तर्फ सम्बद्ध पक्ष संग पहल गर्ने बताउनु भयो ।
छलफलको क्रममा संघका पूर्व अध्यक्ष गणेश लाठ, वरिष्ठ उपाध्यक्ष प्रदिप केडिया, सह–सचिव मनोज शर्माको उपस्थिति रहेको थियो ।