उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासंघ र वीउमनपा बीच छलफल
PDF Print E-mail
alt

वीरगंज, २१ जेष्ठ/ वीरगंज उद्योग वाणिज्य संघ तथा वीरगंज उपमहानगरपालिका बीच वीरगंज नगरलाई सफा, सुन्दर बनाउने सम्बन्धमा आज छलफल गरेको छ ।
संघका अध्यक्ष अशोक कुमार वैधले उपमहानगरपालिका क्षेत्रभित्र रहेका बाटोघाटो, ढल, पाकिङ्ग तथा व्यवसाय कर, घर बहाल कर लगायत जनसरोकारसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयहरुमा वीउमनपा, वीउवासंघ, स्थानीय उद्यमी, व्यवसायी, नागरिक समाज र सम्पूर्ण नगरवासीहरुले आपसी सहकार्य गरेर अघि बढ्ने वातावरण निर्माण गर्न न.पा.लाई आग्रह गर्नु भएको थियो । उहाँले वीउमनपाले एडिबीको प्रोजेक्टका लागि व्यवस्थापन गर्नुपर्ने मैचिङ्ग फण्ड का लागि नेपाल सरकारका सम्बद्ध निकायमा सामूहिक पहल गर्नु पर्ने र वीउवासंघ त्यसका लागि प्रतिबद्ध रहेको समेत सो अवसरमा बताउनुभयो । कार्यक्रममा वीउमनपाका प्रमुख कार्यकारी अधिकृत तारा बहादुर कार्कीले वीउवासंघले अघि सारेका प्रस्तावहरु सराह्नीय रहेको बताउँदै नगरको समग्र विकासका लागि सरोकारवाला निकाय, संघ–संस्थाहरुसँग हातेमालो गरि अघि बढ्न आपूm प्रतिबद्ध रहेको कुरा बताउनुभयो । उहाँले वीरगंज नगर विकासको लागि नेपाल सरकारले आजभन्दा १५ वर्ष अगाडि प्रदान गर्दै आएको अनुदान जतिकै रकम आज पनि प्रदान गरि राखेकोले विकास प्रक्रिया अगाडि बढाउन कठिनाई परिरहेको बताउनुभयो ।
भेटघाटका अवसरमा संघका उपाध्यक्ष ओमप्रकाश शर्माले नगरको फोहोर व्यवस्थापनका लागि निजी क्षेत्र र वीउमनपा सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिँदै त्यसका लागि एउटा निश्चित अवधारणा तयार गर्न समेत न.पा.लाई सुझाव दिनु भएको थियो ।
छलफलमा वीउमनपाका शान्त बस्नेत, विजय डंगोल, शम्भु गुप्ता, हरि किशोर लगायतको उपस्थिति रहेको थियो ।