उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासंघ र सुख्खा बन्दरगाह भन्सार प्रमुख बीच छलफल
PDF Print E-mail
alt

वीरगंज, २६ जेष्ठ/ वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक कुमार वैध तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अच्युत शिवाकोटीबीच संघकै कार्यकक्षमा आज छलफल सम्पन्न भयो ।
भेटघाटको क्रममा वीउवासंघका अध्यक्ष अशोक कुमार वैधले प्रमुख भन्सार अधिकृत शिवाकोटीलाई स्वागत गर्दै सुख्खा बन्दरगाह संचालनमा आएको ७÷८ वर्ष भई सक्दा पनि पूर्ण रुपले संचालनमा ल्याउन नसकिएकोले आयात÷निर्यातकर्ताहरुले समस्या भोग्नु परिरहेको बताउनुभयो । हालसम्म तेस्रो मुलुकबाट नेपालमा आयात निर्यातका लागि प्रयोगमा रहेको कोलकाता पोर्टमा धेरै समय लाग्ने र झण्झटिलो भएकोले यसको विकल्पको लागि अन्य पोर्टलाई प्रयोगका लागि खुला गर्नुका साथै भारतबाट ओपन वेगनको व्यवस्था, सुख्खा बन्दरगाहमा रहेका गोदामको क्षमता अभिवृद्धि, फलाम तथा फलामजन्य मालवस्तुको अनलोड गर्नका लागि क्रेनको उपलब्धता नभएकोले पनि समस्या सिर्जना भइरहेको कुरा अध्यक्ष वैधले बताउनुभयो ।
त्यस्तै छलफलमा सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत शिवाकोटीले सुख्खा बन्दरगाह सम्बन्धी समस्याहरुमा आपूm गम्भीर रहेको बताउनुभयो । उहाँले सुख्खा बन्दरगाह सम्बन्धी व्यवहारिक समस्यालाई तत्कालै आफ्नो तहबाट निराकरण गर्ने र नीतिगत समस्याहरुलाई सम्बन्धित विभाग, मन्त्रालय एवं निकायमा जानकारी गराई समाधानका लागि पहल गर्ने बताउनुभयो ।
वीउवासंघका बरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले सुख्खा बन्दरगाह भन्सार कार्यालय तथा हिमालयन टर्मिनलले तत्कालै गर्नु पर्ने सुधारका विषयमा प्रकाश पार्नुभएको थियो ।
उक्त छलफल कार्यक्रममा वीउवासंघका सह–कोषाध्यक्ष दीपक टिबडेवाल, सह–सचिव मनोज लगायतको उपस्थिति रहेको थियो ।