उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वैकल्पिक ऊर्जा बायोमास सम्बन्धमा अन्तरक्रिया
PDF Print E-mail
alt

वीरगंज, २९ जेष्ठ/ वैकल्पिक ऊर्जाको स्रोत बायोमासद्वारा ऊर्जा उत्पादन गर्ने सम्बन्धमा डिभोशन चाईना नामक चाईनिज संस्था र वीउवासंघ बीच संघको कार्यकक्षमा आज एक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । वीउवासंघका अध्यक्ष अशोक कुमार वैधको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष वैधले विद्यमान ऊर्जा संकटका कारण उद्योग प्रतिष्ठान पूर्ण क्षमतामा संचालन हुन नसकिरहेको वर्तमान परिवेशमा बायोमास वैकल्पिक ऊर्जाको उपयोगिता रहेतापनि यसको जडान, लागत तथा प्राविधिक पक्षका बारे विस्तृत अध्ययन हुनु पर्नेमा जोड दिनुभयो ।
डिभोशन चाईनाका तर्फबाट भेषराज पौड्यालले बायोमासबाट ऊर्जा निर्माण गर्ने प्रक्रिया, बायोमासको आवश्यकता, महत्व, फाईदा लगायत उपकरण जडानको लागत तथा सोबाट उत्पादन हुने ऊर्जाको क्षमता बारे जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि कार्यपत्रमा प्रस्तुत गरिएका बिषयवस्तुहरुमा माथि जिज्ञासा राख्दै संघका नि.अध्यक्ष अशोक टेमानी, बरिष्ठ उपाध्यक्ष प्रदीप केडिया, नबिल बैंक, वीरगंज शाखाका प्रबन्धक यज्ञ प्रसाद शर्माले यस क्षेत्रमा बायोमास ऊर्जाको सम्भाव्यता, बायोमास ऊर्जाको लागि चाहिने आवश्यक कच्चा पदार्थको उपलब्धता, बायोमासबाट उत्पादन हुने ऊर्जा तुलनात्मक रुपमा महँगो पर्ने भएकोले सरकारको अनुदान आवश्यक रहेको विषयहरुमाथि प्रकाश पार्दै बायोमास ऊर्जाको उपयोगिता सम्बन्धि विभिन्न जिज्ञासाहरु राखेका थिंए ।
डिजल प्लान्टबाट उत्पादन हुने ऊर्जाभन्दा बायोमासको प्रयोग प्रभावकारी र सफल देखिएको धारणा व्यक्त गर्नुहुँदै अन्य उर्जाका स्रोतहरुभन्दा बायोमास ऊर्जाले निरन्तर ऊर्जा प्रदान गर्ने भएकोले यसबाट धरै फाईदाहरु लिन सकिन्छ भन्ने विचार संघका वरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वीउवासंघका पदाधिकारी, कार्यसमिति सदस्य, सूर्य नेपालका इन्जिनियर प्रेम कुमार झा, चाईना डिभोशनका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, उप—महाप्रबन्धकको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन वीउवासंघका मनोज उपाध्यायले गर्नुभएको थियो ।