उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासंघका पदाधिकारी एवं दूरसंचार वीरगंजका प्रमुखबीच छलफल
PDF Print E-mail
alt

वीरगंज, २ आषाढ/ वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी तथा नेपाल टेलिकम, क्षेत्रीय निर्देशनालयका निर्देशक ललित दास तथा घण्टाघरस्थित कार्यालयका प्रमुख अरुण कुमार चौधरी वीच दूरसंचार सम्बन्धि समस्या तथा सोको निराकरण बिषयमा आज संघकै सभाकक्षमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
वीउवासंघका अध्यक्ष अशोक वैधले भेटघाट तथा छलफल कार्यक्रममा वर्तमान समयमा दुर संचारको प्रयोग दैनिक जीवनमा आधारभूत आवश्यकताको रुपमा रहेको धारणा व्यक्त गर्दै दूरसंचार सेवालाई गुणस्तरीय एवं समय सापेक्ष आधुनिक बनाउन आवश्यक रहेको बताउनु भयो । वहाँले जिपिएस प्रणाली उपयोगमा ल्याउनुपर्ने, जथाभावी सिमकार्ड वितरणमा रोक लगाउनुपर्ने, सुरक्षाको दृष्टिले स्थानीय प्रहरी प्रशासनलाई इन्टरसेप्शन उपकरणको व्यवस्था हुनुपर्ने, गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नु पर्ने तर्फ ध्यानाकर्षण गराउनु भएको थियो ।
नेपाल टेलिकमका दास तथा चौधरीले वीउवासंघबाट प्रस्तुत सुझावहरुमा आपूmहरु गम्भीर रहेको कुरा बताउनुहुँदै आगामी दिनहरुमा यस्ता सेवाहरुमा सुधार गर्दै लैजाने तर्फ आपूm सक्दो प्रयास गर्ने र सम्बन्धित निकायमा आवश्यक पहल गर्ने धारणा राख्नुभएको थियो ।
छलफल कार्यक्रममा संघका उपाध्यक्ष सुबोध कुमार गुप्ताले धन्यवाद मन्तव्य गर्नुभएको थियो । वीउवासंघका मनोज उपाध्यायले संचालन गर्नु भएको कार्यक्रममा पूर्व अध्यक्ष गणेश लाठ, सह–कोषाध्यक्ष दीपक टिबडेवाल, सचिव अनिल अग्रवाल तथा सह–सचिव मनोज कुमार शर्माको उपस्थिति रहेको थियो ।