वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न । वीउवासङ्घद्वारा भारतीय कन्सुल कोट्रास्वामी एम.सँग भेटघाट । सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरु भेटघाट सम्पन्न । पारवाहन सम्बन्धी अन्तक्रिया सम्पन्न । वीउवासङ्घद्वारा एकीकृत जाँच चौकीको स्थलगत अवलोकन । आयात निर्यात प्रक्रिया सम्बन्धी तालिम सम्बन्धी । वीरगञ्ज मनपाद्वारा सेफर वीरगञ्जलाई १५ लाखको चेक हस्तान्तरण । भारतीय प्रम मोदीसँग वीउवासङ्घको भेटघाट तथा छलफल । श्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न । सङ्घद्वारा प्रदेश नं. २ को नीति तर्जुमा सम्बन्धी कार्यक्रम सम्पन्न
सशस्त्र ना.प्र.उ. कँडेल र वीउवासङ्घबीच छलफल
PDF Print E-mail
alt वीरगंज, भदौ १०/ वीरगंज उद्योग वाणिज्य सङ्घको आयोजनामा औद्योगिक सुरक्षा बलका नवआगन्तुक सशस्त्र प्रहरी नायब उपरीक्षक प्रवीण कँडेल र वीउवासङ्घका पदाधिकारीहरुबीच छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । वीउवासङ्घका अध्यक्ष अशोक वैधको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा अध्यक्ष वैधले बारा–पर्सा कोरिडोरमा देखिएका विभिन्न समस्याहरु माथि प्रकाश पार्नु हुँदै सङ्घको ऐतिहासिक पृष्ठभूमि तथा यस क्षेत्रमा अवस्थित उद्योग प्रतिष्ठानहरुले राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदानबारे चर्चा गर्नु भएको थियो । उहाँले पर्सा–बारा औद्योगिक क्षेत्रलाई निर्वाध र भयरहित वातावरणमा संचालन गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । छलफलको क्रममा उद्योग प्रतिष्ठानहरुमा शान्ति सुरक्षाको आवश्यकता, उद्योग व्यापार निर्वाध रुपमा संचालन, औद्योगिक शान्ति सुरक्षा लगायत विषयहरुमा सामूहिक सहकार्यको आवश्यकतामाथि संघका उपाध्यक्ष एवं रोजगारदाता समितिका संयोजक सुवोध गुप्ताले जोड दिएका थिए । छलफलमा उठेका विषयहरुमाथि प्रकाश पार्दै सशस्त्र प्र.ना.उ. कँडेलले उद्योगसँग सम्बन्धित सबै समस्याहरुलाई प्राथमिकतामा राख्ने, बारा पर्सा क्षेत्रमा औद्योगिक शान्ति र सुशासन कायम गर्नको लागि आपूm सदैव प्रत्यनशील र सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले शान्ति सुरक्षाको बिषयमा आफू संवेदनशील रहेको र सुरक्षा सेवा प्रदान गर्न आफू सदैव सक्रिय भई लाग्ने कुरा बताउनुभयो । सङ्घका बरिष्ठ उपाध्यक्ष प्रदीपकुमार केडियाले धन्यवादको क्रममा उद्योगहरुमा देखिएका समस्याहरु बारे प्रनाउ कँडेलको ध्यानाकर्षण गराउँदै औद्योगिक शान्ति सुरक्षा कायम गर्नको लागि उद्योगी, श्रमिक, ट्रेड युनियन, श्रम कार्यालय तथा अन्य सम्बन्धित सरोकारवालाहरुको समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सङ्घका सचिवद्वय रविन्द्र वरनवाल र अनिल पटवारी, सहसचिव मनोज शर्मा लगायतको उपस्थिति रहेको थियो ।