वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न । वीउवासङ्घद्वारा भारतीय कन्सुल कोट्रास्वामी एम.सँग भेटघाट । सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरु भेटघाट सम्पन्न । पारवाहन सम्बन्धी अन्तक्रिया सम्पन्न । वीउवासङ्घद्वारा एकीकृत जाँच चौकीको स्थलगत अवलोकन । आयात निर्यात प्रक्रिया सम्बन्धी तालिम सम्बन्धी । वीरगञ्ज मनपाद्वारा सेफर वीरगञ्जलाई १५ लाखको चेक हस्तान्तरण । भारतीय प्रम मोदीसँग वीउवासङ्घको भेटघाट तथा छलफल । श्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न । सङ्घद्वारा प्रदेश नं. २ को नीति तर्जुमा सम्बन्धी कार्यक्रम सम्पन्न
सशस्त्र प्र.उ. थापा र वीउवासङ्घबीच छलफल
PDF Print E-mail
alt वीरगंज, भाद्र ८/ वीरगंज उद्योग वाणिज्य सङ्घको आयोजनामा आज सीमा सुरक्षा प्रहरी बल चिनीमिलका सशस्त्र प्रहरी उपरीक्षक भिमबहादुर थापा र वीउवासङ्घका पदाधिकारीहरु बीच पर्साका सीमा सुरक्षा तथा औद्योगिक सुरक्षा बिषयमा एक छलफल कार्यक्रम सङ्घकै कार्यकक्षमा सम्पन्न भएको छ । वीउवासङ्घका अध्यक्ष अशोक वैधको सभापतित्वमा सम्पन्न भएको सो छलफल कार्यक्रममा अध्यक्ष वैधले पर्सा जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीको प्रशंसा गर्दै औद्योगिक सुरक्षाका लागि समन्वयको आवश्यकता औल्याउनुभयो । अध्यक्ष वैधले पर्सा जिल्लाको बारे जानकारी गराउँदै औद्योगिक तथा आर्थिक नगरी वीरगञ्ज तथा पर्साकै समग्र विकासको लागि वीउवासङ्घले गरेका विकासका कार्यहरु बारे चर्चा गर्नुभयो । उहाँले विगतको भन्दा यस क्षेत्रमा आपराधिक क्रियाकलापहरु न्यून भएको यद्यपी प्रभावकारी शान्ति सुरक्षा कायम गर्नका लागि चुनौतीहरु पनि यस क्षेत्रमा रहेको बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक थापाले औद्योगिक सुरक्षा र अवैध व्यापार नियन्त्रणका लागि सशस्त्र प्रहरी क्रियाशील रह्ने आस्वास्त पार्नुभयो । सीमा सुरक्षामा हुने अपराध तथा राजस्व लगायतका अपराधहरुको चुनौतीलाई अवसरको रुपमा लिई आपूm अघि बढ्ने बताए । खुल्ला छलफलको क्रममा सङ्घका उपाध्यक्ष सुबोध गुप्ताले सीमा सुरक्षा सम्बन्धी समकक्षी सुरक्षा निकायहरुसँग निरन्तर छलफल हुनुपर्ने भन्दै अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको सिसिटिभी सञ्जाललाई अझै विस्तार गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । धन्यवाद ज्ञापन गर्दै सङ्घका वरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले कूल औद्योगिक लगानीको ७० प्रतिशत यसमा रहेको र कूल राष्ट्रिय राजस्वको ६० प्रतिशत हिस्सा ओगटेको कुरा सशस्त्र प्र.उ. थापालाई जानकारी गराउनु भयो । कार्यक्रममा उपाध्यक्ष ओमप्रकाश शर्मा, सचिवद्वय रविन्द्र बरनवाल र अनिल पटवारी, सह–कोषाध्यक्ष दीपक टिबडेवाल, सह–सचिव मनोज शर्माको उपस्थिति थियो ।