|
वीउवासङ्घ तथा प्रवउ न्यौपानेबीच भेटघाट |
|
वीरगञ्ज, ८ आश्विन/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज एक कार्यक्रमका बीच नारायणी अञ्चल प्रहरी कार्यालयका नवआगन्तुक प्रहरी बरिष्ठ उपरीक्षक मनोज न्यौपानेसँग सङ्घकै कार्यकक्षमा भेटघाट, परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सङ्घका अध्यक्ष अशोककुमार वैधले वीरगञ्जको बढ्दो आर्थिक महत्व र यस क्षेत्रले राष्ट्रिय राजस्वमा पु¥याएको योगदान तथा नेपालकै प्रमुख औद्योगिक करिडोरका रुपमा रहेको गण्डक–पथलैया औद्योगिक करिडोरमा अवस्थित उद्योग प्रतिष्ठान एवं व्यापार व्यवसायका बारे ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले शान्ति सुरक्षा विगतभन्दा निक्कै सुधार भएको बताउँदै यसको स्थायित्व र निरन्तरताका लागि प्रशासन र प्रहरीको भूमिका अझै सुदृढ हुने अपेक्षा राखेको कुरा बताउनुभयो ।
छलफलमा प्रवउ न्यौपानेले अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्ने आफ्नो मुख्य प्राथमिकता र चासोको विषय रहेको बताउँदै वीरगञ्ज र पर्सा जिल्लाको सुरक्षा स्थिति सुदृढ बनाउने तर्फ आपूm प्रतिबद्ध रहने धारणा व्यक्त गर्नुभयो । वहाँले वर्तमान शान्ति सुरक्षाको स्थायित्व हाम्रो प्रथम प्राथमिकता रहेकोले शान्ति सुरक्षाको सन्दर्भमा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने तथा यस क्षेत्रको बढ्दो आर्थिक एवं औद्योगिक महत्वलाई आफ्नो प्राथमिकतामा राखेकोले सो प्रति आपूm सम्वेदनशील रहेको कुरा बताउनुभयो ।
धन्यवाद ज्ञापन गर्नुहुँदै सङ्घका महासचिव गोपाल केडियाले प्रवउ न्यौपानेको आगमनले यस क्षेत्रमा शान्ति सुरक्षाले निरन्तरता पाउने भन्दै विगत झै आउँदा दिनहरुमा पनि वीउवासङ्घ तथा निजी क्षेत्रले प्रहरीसँग हातेमालो गरी अगाडि बढ्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा पर्सा प्रहरी उपरीक्षक दिवेश लोहनी, सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
यसैगरी वीउवासङ्घद्वारा बडादशैंको अवसरमा यही आश्विन ९ गतेदेखि १५ गतेसम्म सङ्घको परिसरमा आयोजना हुने दशैं सस्तो बजार पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीद्वारा आश्विन ९ गते दिउँसो २ बजे समुद्घाटन हुने कार्यक्रम रहेको कुरा सङ्घका महासचिव गोपाल केडियाले बताउनुभयो ।
|