भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
प्रनामनि सुवेदीसँग वीउवासङ्घको भेटघाट तथा छलफल
PDF Print E-mail
alt वीरगञ्ज, ३० भाद्र/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज एक कार्यक्रमका बीच मध्यक्षेत्रिय प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक देवेन्द्र सुवेदी संग सङ्घकै कार्यकक्षमा भेटघाट, परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सङ्घका अध्यक्ष प्रदिप कुमार केडियाले वीरगञ्जको बढ्दो आर्थिक महत्व र यस क्षेत्रले राष्ट्रिय राजस्वमा पु¥याएको योगदान तथा नेपालकै प्रमुख औद्योगिक करिडोर र करिडोरमा अवस्थित उद्योग प्रतिष्ठान एवं व्यापार व्यवसायका बारे ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले शान्ति सुरक्षा निक्कै सुधार भएको बताउँदै यसको स्थायित्व र निरन्तरताका लागि प्रहरी नायब महानिरिक्षकको ध्यानाकर्षण गराउनु भयो । प्रतिउत्तर मन्तव्यको क्रममा प्रहरी नायब महानिरिक्षकले अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्ने आफ्नो मुख्य प्राथमिकता र चासोको विषय रहेको बताउँदै वीरगञ्ज र पर्सा जिल्लाको सुरक्षा स्थिति सुदृढ बनाउने तर्फ आपूm प्रतिबद्ध रहने धारणा व्यक्त गर्नुभयो । साथै छलफलका क्रममा उठेका जिज्ञासाहरुलाई वहाँले आत्मसात गर्दै आउँदा दिनहरुमा पनि अझ राम्रो पुलिसिङ्गको प्रतिबद्धता व्यक्त गर्नु भयो । वाहाँले भन्नु भयो वर्तमान शान्ति सुरक्षाको स्थायित्व हाम्रो प्रथम प्राथमिकता रहेकोले शान्ति सुरक्षाको सन्दर्भमा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने तथा यस क्षेत्रको बढ्दो आर्थिक एवं औद्योगिक महत्वलाई आफ्नो प्राथमिकतामा राखेकोले सोप्रति आपूm सम्वेदनशील रहेको कुरा बताउदैं वीरगञ्जलाई आपराधिक क्रियाकलापबाट मुक्त पार्ने दिशामा प्रहरीले ठूलो मेहनत र लगनशिलता देखाएको प्रसङ्ग समेत उल्लेख गर्नु भयो । विगत केहि महिना अघि नेपालमा गएको ठूलो प्रकृतिक आपदा महा–भूकम्पले निम्त्याएको असहजतालाई वीरगञ्ज उद्योग वाणिज्य सङ्घबाट भएको निःस्वार्थ सेवा प्रति सङ्घ बधाईको पात्र भएको नायब महानिरिक्षक बताउनु भयो । कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष गणेश लाठ, उपाध्यक्ष सुबोध गुप्ता, कोषाध्यक्ष सुनिल कुमार खेतान, सदस्य हरिनारायण गुप्ताले वीरगञ्ज उद्योग वाणिज्य सङ्घको पहल तथा पर्सा प्रहरी कार्यालयको सहयोगमा यस वीरगञ्जलाई एउटा सुरक्षित घेरामा राख्न सम्भाव्य आपराधिक क्रियाकलापलाई निर्मूल पार्न सिसि क्यामरा जडान गरेको र सोको मर्मत सम्भारका लागि प्रहरी प्रधान कार्यालयबाट सहयोगका लागि प्रहरी नायब महानिरिक्षको ध्यानाकर्षण गराउनु भयो । सङ्घ उपाध्यक्ष सुबोध गुप्ताले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा नारायणी अञ्चल प्रहरी कार्यालयलका वरिष्ठ प्रहरी उपरिक्षक मनोज न्यौपाने, पर्सा प्रहरी उपरीक्षक दिवेश लोहनी, सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।