भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
PDF Print E-mail
alt वीरगञ्ज, ६ माघ/ सिद्धार्थ बैंक, ग्लोबल आईएमई र बैंक अफ काठमाण्डौंले आज एक समारोहबीच सेफर वीरगञ्जलाई चेक हस्तान्तरण गरेको छ । उक्त चेकहरु सेफर वीरगञ्जका संयोजक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मालाई बैंकका वीरगञ्ज शाखा प्रबन्धकहरुले चेक हस्तान्तरण गर्नुभयो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, स्थानीय बैंकर्स, इन्स्योरेन्स कम्पनी, नागरिक समाजको संयुक्त पहलमा गठित सेफर वीरगञ्जले वीरगञ्ज नगरलाई सुरक्षित राख्न सिसिटिभी जडान, विस्तार तथा मर्मत सम्भार गर्दै आएको छ । कार्यक्रममा वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले यस्ता आर्थिक सहयोगले सिसिटिभी परियोजनालाई अगाडि बढाउन सहयोग पुग्ने बताउनुभयो । साथै बैंकर्सहरुले सेफर वीरगञ्ज परियोजनालाई अघि बढाउने तर्फ प्रतिबद्धता व्यक्त गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा वीउवासङ्घका उपाध्यक्ष अनिल अग्रवाल, कोषाध्यक्ष रविन्द्र बरनवाल, सचिव मनोज दासको उपस्थिति रहेको थियो ।