जाइकाका पदाधिकारीहरुसंग भेटघाट तथा छलफल । Indo-Nepal Trade and Investment Promotion विषयक गोष्ठी सम्पन्न । एपीएल सिपिङ्ग कम्पनीका Head of Commercial Thakur सँग भेटघाट । हल्दिया डक कम्प्लेक्ससँग वीउवासङ्घको छलफल सम्पन्न
वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, १४ माघ/ वातावरण विभाग तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आज सङ्घकै सभाकक्षमा वातावरणमैत्री कार्य अभ्यास गर्न तथा प्रदूषण नियन्त्रणका लागि जनचेतना जगाउने र विद्यमान कानूनी व्यवस्थाको बारेमा सूचना प्रवाह गर्ने उद्देश्यले एक अन्तरक्रिया कार्यक्रमको आयोजना भयो । कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले वातावरणीय समस्या अहिलेको नेपालको मात्र नभई विश्वव्यापी रुपमै उठिरहेकोले उद्योगी व्यवसायीहरुले वातावरणीय मापदण्ड अनुरुप नै उद्योग व्यवसाय सञ्चालन गर्दै जाने हो भने त्यसले उद्योगी व्यवसायीलाई पनि लाभ हुनुका साथै वातावरणीय समस्याको पनि न्यूनीकरण हुँदै जाने बताउनुभयो । सङ्घका का.वा. अध्यक्ष गोपाल केडियाले झन्झटिलो कानूनी प्रक्रियागतले गर्दा उद्योग स्थापनामा कठिनाई भइरहने साथै वातावरण विभागले निर्धारण गरेका मापदण्डलाई पूरा गर्न ठूला उद्योगहरुलाई केही सहज भएतापनि साना तथा मझौला उद्योगको लागि वातावरणीय मापदण्डहरु पूरा गर्ने उद्योग स्थापना गर्नुभन्दा पनि अधिक पूँजीको आवश्यकता पर्ने भएकोले यस्ता मापदण्डहरुलाई नीतिगत तहबाट सरलीकृत गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासाहरुको जवाफमा वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले वातावरणीय मापदण्डहरुका लागि नेपाल सरकारबाट बनेका ऐन नियमहरुलाई समय सापेक्ष बनाई उद्योगी व्यवसायीहरुलाई उद्योग स्थापनाका लागि सहज हुने वातावरण सिर्जना गर्ने तर्फ विभागले पहल गर्ने बताउनुभयो । उहाँले बदलिँदो वैश्वीक परिवेशमा वातावरणको मुद्दा महत्वपूर्ण रहेकोले उद्योग प्रतिष्ठानहरुले वातावरणीय समस्यालाई न्यूनीकरण गर्दै जानुपर्ने तर्फ सचेतना गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा सङ्घका उपाध्यक्ष अनिल पटवारी, श्रम कार्यालय, पर्साका प्रमुख, घरेलु तथा साना उद्योगका उद्योग अधिकृत, विभागका अधिकृतका साथै उद्योगी÷व्यवसायीहरुको उपस्थिति रहेको थियो ।