जाइकाका पदाधिकारीहरुसंग भेटघाट तथा छलफल । Indo-Nepal Trade and Investment Promotion विषयक गोष्ठी सम्पन्न । एपीएल सिपिङ्ग कम्पनीका Head of Commercial Thakur सँग भेटघाट । हल्दिया डक कम्प्लेक्ससँग वीउवासङ्घको छलफल सम्पन्न
पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने
PDF Print E-mail
alt काठमाण्डौं, १३ माघ/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको नेतृत्वमा रहेका सङ्घका पदाधिकारीहरु सम्मिलित एक टोलीले बुधवार ऊर्जा मन्त्री जनार्दन शर्मासँग वहाँकै कार्यकक्षमा भेटघाट गरेको छ । दिनहुँजसो हुने गरेको नियमित विद्युत् आपूर्तिमा देखिएको समस्या सन्दर्भमा सङ्घले विगतदेखि सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउँदै आएकोमा सकारात्मक परिणाम आउन नसकेबाट पुनः ध्यानाकर्षणको लागि सङ्घका नवनिर्वाचित अध्यक्ष ओमप्रकाश शर्मा सम्मिलित टोलीले ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट गरेका हुन् । केही दिन अघि मात्रै सङ्घकै कार्यकक्षमा ऊर्जा मन्त्री जनार्दन शर्मा तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङ्गसँग पर्सा–बारा क्षेत्रले भोगिरहेको विद्युत् समस्याका बारे अवगत गराइएको थियो । भेटघाटका क्रममा सङ्घका अध्यक्ष शर्माले विद्युत् आपूर्तिको अभावमा यस पर्सा–बारा क्षेत्रमा नयाँ लगानी भित्रयाउन नसकिनुका साथै भएकै लगानी पलायन भइरहेको बताउनुहुँदै नेपालको अन्य औद्योगिक क्षेत्रको तुलनामा बढी विद्युत् राजस्व बुझाउने क्षेत्रको रुपमा समेत रहेको यस कोरिडोरलाई प्राथमिकतामा राखेर केही दिन अघि मात्र ऊर्जा मन्त्री शर्माबाट औद्योगिक कोरिडोरलाई लोडसेडिङ्ग मुक्त गरिने प्रतिबद्धता व्यक्त गरिएकोले विद्युत् आपूर्तिको व्यवस्थाको लागि आवश्यक पहल गरी दिन ऊर्जा मन्त्री शर्मासँग आग्रह गर्नुभयो । उहाँले पर्सा–बारा क्षेत्रलाई लोडसेडिङ्ग मुक्त गर्नको लागि भारतबाट आयात हुन लागेको ५० मेगावाटको विद्युत् लाईन नेशनल ग्रीडमा समावेश नगरी यस पर्सा–बारा क्षेत्रकै लागि डेडिकेटेड गर्नुपर्ने तर्फ माग गर्नुभयो । ऊर्जा मन्त्री शर्माले पर्सा–बारा क्षेत्रको नियमित विद्युत् आपूर्ति समस्या सम्बन्धमा आपूm गम्भीर रहेको बताउनुहुँदै पहिलो चरणमा काठमाण्डौंलाई लोडसेडिङ्गमुक्त गरि सकेको र दोस्रो चरणमा पर्सा–बारा क्षेत्रलाई लोडसेडिङ्गमुक्त क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो । भारतबाट आयात हुन लागेको ५० मेगावाट विद्युत् सञ्चालनमा आउन १५–२० दिन जति लाग्ने बताउनुहुँदै उक्त विद्युत् लाईनलाई यसै पर्सा–बारा क्षेत्रको उद्योगहरु सञ्चालनको लागि व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयो । alt त्यसैगरी उक्त टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसँग वहाँकै कार्यकक्षमा भेटघाट गरेको छ । भेटका क्रममा सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले राजधानीबाट हेटौंडा–वीरगञ्जलाई सबैभन्दा चाँडो पु¥याउने सडक खण्ड भनेको फर्पिङ्गको बाटोलाई नेपाल सरकारले गम्भीरतापूर्वक ३०÷४० करोड लगानीमा स्तरोन्नति गर्न सकेमा दिनहुँजसो सो सडक खण्ड भएर गुड्ने करिब १२ सय गाडीबाट सवारी करको रुपमा मात्रै २÷३ वर्षमैं खर्च रकम असुल हुने भएकोले सो सडक खण्डमा निर्माणका लागि पहल गर्न मन्त्री लेखकसँग आग्रह गर्नुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले काठमाण्डौं–हेटौंडा–वीरगञ्ज जोड्ने फर्पिङ्गको बाटो फराकिलो पारी स्तरोन्नति गर्ने सम्बन्धमा आपूm गम्भीर रहेको र सो सडक खण्ड स्तरोन्नति गर्न आपूm सक्दो पहल गर्ने आश्वासन दिनुभयो । भेटघाट कार्यक्रममा सङ्घका कोषाध्यक्ष रविन्द्र बरनवाल लगायतका पदाधिकारी तथा यस क्षेत्रका उद्योगी÷व्यवसायीहरुहरुको सहभागिता रहेको थियो ।