भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २० माघ/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत बी.सी. प्रधान लगायत अन्य कन्सुलहरुको आज एक समारोहबीच आफ्नै सभाकक्षमा स्वागत तथा भेटघाट गरेको छ । वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले स्वागत मन्तव्य प्रस्तुत गर्नुहुँदै रक्सौलको बाटोघाटो र रेल्वेको स्तरोन्नति, व्यापार व्यवसायमा आई पर्ने व्यवहारिक समस्याहरुलाई समाधान गर्न, महावाणिज्य दूतावासको नेतृत्वदायी भूमिकामा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, रक्सौल कस्टम र वीरगञ्ज भंसार कार्यालयको प्रतिनिधित्व रहेन गरी एउटा फास्ट ट्रयाक डेस्क स्थापना गर्न, धेरै दिनदेखि चर्चामा रहेको रक्सौलमा ओभरब्रिजको निर्माण कार्यमा देखिएको उदासीनतालाई तीव्रता दिन आवश्यक पहल गर्न महावाणिज्यदूत प्रधानसँग अनुरोध गर्नुभयो ।
त्यसैगरी सङ्घका अध्यक्ष शर्माले रक्सौलबाट मित्रराष्ट्र भारतका महानगरहरुमा जाने रेल्वे सेवाको सञ्चालन गर्न, रक्सौल एयरपोर्टको स्तरोन्नति एवम् यथाशीघ्र सञ्चालन गर्न, पर्सा–बारा जिल्लालाई समृद्धिको बाटोमा गतिशील तुल्याउन यस क्षेत्रलाई नै लक्षित गरेर केही परियोजनाहरु ल्याउन, सिपमूलक र उद्यमशीलता विकासका लागि भारत सरकारबाट वीउवासङ्घ समेतको सहकार्यमा सङ्घकै स्वामित्वमा रहेको जग्गामा प्राविधिक शिक्षालयको स्थापना गर्न, मित्रराष्ट्र भारत सरकारको सहयोगमा निर्माणाधीन एकीकृत जाँचचौकीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सोसँग जोडिएको आवश्यक पूर्वाधारहरुको निर्माण कार्यमा वीउवासङ्घको सहकार्यमा अघि बढाउन पनि महावाणिज्यदूत प्रधानको ध्यानाकर्षण गराउनुभयो ।
महावाणिज्यदूत बी.सी. प्रधानले भारत सरकारले अधिराज्यभरमा थप ५० वटा विमानस्थलहरु निर्माण गर्ने योजना बनाएको र सो मध्ये रक्सौलको विमानस्थल परेको बताउनुहुँदै भारतको मणिपुर–बङ्गलादेश–नेपालको कांकटभिट्टासम्म सडक निर्माणको कार्य अगाडि बढेको बताउनुभयो । उहाँले रक्सौल, वीरगञ्ज, पर्सा–बारा लगायत यस क्षेत्रको विकासको लागि आपूm सदैव प्रयासरत रहेको र वीउवासङ्घबाट सुझावको रुपमा प्रस्तुत गरिएको परियोजनाहरु लगायत अन्य परियोजनाहरुमा समेत सङ्घसँगको सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल–भारत बीचको व्यापार सन्तुलन १ः१२ को अनुपात रहेको हालैको तथ्याङ्कले देखाउँछ जुन अत्यन्तै भयलाग्दो छ । नेपाल–भारत बीचको बढ्दो व्यापार असन्तुलनलाई दुवै राष्ट्रहरुले गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै रेल्वे लगायत भारतसँग सम्बन्धित समस्याहरुलाई क्षेत्रगत रुपमा वर्गीकरण गरी सम्बन्धित क्षेत्रका भारत सरकारका निकायहरुसँग बसेर छलफल र समस्याको बारे अवगत गराउनुपर्ने तर्फ उद्योगपति जगदीश अग्रवाल, वीउवासङ्घका पूर्व अध्यक्ष तथा नेउवामहासङ्घका कार्यकारिणी सदस्य अशोककुमार टेमानी, वीउवासङ्घका अध्यक्ष प्रदीपकुमार केडिया, उपाध्यक्ष सुबोधकुमार गुप्ता, पूर्व अध्यक्ष गणेशप्रसाद लाठले जोड दिनुभयो ।
कार्यक्रममा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका डिपुटी कन्सुल जनरल निरज जयसवाल, कन्सुलद्वय राजेश कुमार र विनोदकुमार लोशाली, वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, महासचिव सुनिलकुमार खेतान, सचिवद्वय माधव राजपाल र मनोजकुमार दास, सङघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य विजयकुमार सरावगी, सङ्घका पदाधिकारी, का.स.स, सल्लाहकार लगायत उद्योगी÷व्यवसायीहरुको वृहत् उपस्थिति रहेको थियो ।