भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २१ माघ/ उद्योग मन्त्रालय, औद्योगिक ऊर्जा व्यवस्थापन आयोजना तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा औद्योगिक ऊर्जा व्यवस्थापन (Industrial Energy Management) सम्बन्धी २ दिने तालिम सङ्घकै सभाकक्षमा सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा सङ्घका अध्यक्ष श्री ओमप्रकाश शर्माले ऊर्जाको बढ्दो महत्व र यसको उपयोगिताका बारे चर्चा गर्दै उद्योग प्रतिष्ठानहरुमा नियमित तथा गुणस्तरीय ऊर्जाको अभाव भइरहेको वर्तमान परिवेशमा आयोजित तालिम कार्यक्रमबाट ऊर्जा व्यवस्थापनमा सहयोग पुग्ने विश्वास आपूmले लिएको बताउनुभयो । यसैगरी तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई दुई दिनसम्म तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न समेत आग्रह गर्नुभएको थियो ।
तालिमका प्रशिक्षक दिनेशप्रसाद साहले आयोजनाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत यस वीरगञ्ज–पथलैया करिडोरमा अवस्थित उद्योगहरुलाई लक्षित गरी उक्त तालिमको आयोजना गरिएको जनाउनुभयो । परियोजनाका दिनेशप्रसाद साह र ज्ञानेन्द्रप्रसाद उपाध्यायले प्रशिक्षण दिनुभएको उक्त तालिममा सङ्घका सचिव मनोजकुमार दासको उपस्थिति रहेको थियो भने पर्सा–बाराका उद्योगहरुका तर्फबाट २५–३० जना प्राविधिक तथा इञ्जिनियरहरुको सहभागिता रहेको थियो ।