भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन
PDF Print E-mail
alt वीरगञ्ज, २२ माघ/ “हाम्रै पालमा फास्ट ट्रयाक, एयरपोर्ट, विकासका निम्ति एकता” मुल नारा लिएर निजगढ उद्योग वाणिज्य सङ्घको सहकार्य तथा स्थानीय एवम् जिल्लावासीको सहयोगमा आज निजगढमा रिले अनसन कार्यक्रमको उद्घाटन भएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको प्रमुख आतिथ्यमा सुरु भएको रिले अनसन कार्यक्रममा कार्यक्रममा सहभागीहरुले निजगढ बजारको परिक्रमा गरि फास्ट ट्रयाक प्रवेशद्वारमा पुगी रिले अनसनको सुरुवात गरेको प्राप्त समाचारमा उल्लेख छ ।
कार्यक्रममा फास्ट ट्रयाक, एयरपोर्ट निर्माण मुल सङ्घर्ष समितिका संयोजक रविराज दंगालले सरकारले यस फास्ट ट्रयाक तथा अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माणमा भएको ढिलाईले गर्दा आजको अनसन कार्यक्रममो गर्नु परेको जानकारी गराउनु भएको थियो । साथै दंगालले निजगढ–काठमाण्डौ फास्ट ट्रयाक पैदल यात्रा समेत गरिएको बताएका हुन ।
वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले मन्तव्य प्रस्तुत गर्नुहुँदै राष्ट्रिय गौरवका आयोजना निजगढ–काठमाण्डौं दु्रतमार्ग (फास्ट ट्रयाक) र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा भई रहेको ढिलासुस्तीको विषयमा सरकार, राजनीतिक दल र सरोकारवाला निकायलाई दवाब दिने उद्देश्यले निर्माण कार्यलाई तीव्रता दिन आवश्यक पहल गर्न रिले अनसन गर्नु परेको बताउनु भयो । साथै वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पर्सा बारा जिल्लाको आर्थिक विकासका साथै समग्र विकासका लागि सरकार तथा सरोकारवाला निकाय समक्ष समय समयमा ध्यानाकर्षण गराएको बताउनु भयो ।
उक्त रिले अनसन कार्यक्रममा माओवादी सांसद प्रभु साह, ज्वाला सिंहका साथै विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय नागरिक समाजको वृहत् उपस्थिति रहेको कार्यक्रमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध गुप्ता, महासचिव सुनिलकुमार खेतान, सचिव माधव राजपाल, सह–सचिव प्रेमचन्द्र गोयलको उपस्थिति रहेको थियो ।