भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट
PDF Print E-mail
alt वीरगञ्ज, २३ माघ/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा सङ्घका पदाधिकारीहरु सम्मिलित एक टोलीले नेपाल विद्युत प्राधिकरण, सिमरा वितरण केन्द्रका प्रमुख सञ्जीव साहसँग भेटघाट तथा छलफल ग¥यो ।

सङ्घका का.वा. अध्यक्ष सुबोधकुमार गुप्ताले पर्सा–बारा औद्योगिक कोरिडोरमा गुणस्तरीय विद्युत आपूर्तिको अभावमा उद्योगहरु प्रभावित भइरहेकाले थप ट्रान्समिशन लाईनको निर्माण गरी भोल्टेज फ्लक्चुएशनको समस्याबाट निजात पाउन सकिने कुरा सिमरा वितरण केन्द्रका प्रमुख सञ्जीव साहलाई सुझाव दिनुभयो ।

साथै अहिले भारतबाट आउने ५० मेगावाट विद्युत्लाई राष्ट्रिय प्रसारण लाईनमा नजोडी उक्त विद्युतलाई यसै औद्योगिक कोरिडोरको लागि प्रयोग हुने गरी ट्रान्समिशन लाईनको व्यवस्था हुनुपर्ने तर्फ ध्यानाकर्षण गर्नुभयो । विद्युत प्राधिकरण, सिमरा वितरण केन्द्रका प्रमुख सञ्जीव साहले सङ्घबाट प्रस्तुत सुझावलाई मध्यनजर गरी आपूmसक्दो पहल गर्ने बताउनुभयो ।

भेटघाटका कार्यक्रममा वीउवासङ्घका महासचिव सुनिलकुमार खेतान, सचिव माधव राजपाल, सचिव मनोजकुमार दास, सह–सचिव प्रेमचन्द्र गोयल लगायतको उपस्थिति रहेको थियो ।