भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन
PDF Print E-mail
alt वीरगञ्ज, २३ माघ/ सशस्त्र प्रहरी औद्योगिक सुरक्षा बलको सिमरामा १ करोड ८२ लाखको लागतमा नवनिर्मित भवनको उद्घाटन आज सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सशस्त्र प्रहरी औद्योगिक सुरक्षा बल, सिमराको लागि सुरक्षाको दृष्टिले सुविधासम्पन्न भवनको आवश्यकता महसुस भइरहेकै बेला नवनिर्मित भवनले सो आवश्यकता पूरा गर्ने बताउनुभयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ताले सशस्त्र प्रहरी औद्योगिक सुरक्षा बलको आफ्नै भवनको लागि सरकारसँग पहल गर्दै आएकोमा हाल आएर सार्थकता पाएकोमा खुशी व्यक्त गर्नुका साथै औद्योगिक सुरक्षा बललाई अझ सशक्त रुपमा परिचालन गर्नको लागि छुट्टै ऐन नियमको तर्जुमा गरी सोही अनुसार परिचालन गर्नुपर्ने माग सरकार समक्ष राख्नुभयो । उहाँले सुरक्षाको दृष्टिले निर्मित भवन मात्रै पर्याप्त नभएकोले आधारभूत भौतिक पूर्वाधारहरु जस्तैः सिसिटिभी क्यामेराको जडान तथा एक थान केमिकल फायर ब्रिगेडको व्यवस्थाका साथै सशस्त्र प्रहरीलाई डिजिटलाइजेशन गर्नुपर्ने र हाल १६० जना रहेको दरबन्दी पर्याप्त नभएकोले समयसापेक्ष थप दरबन्दी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्याय, सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डे, बाराका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक, नेपाल सेना लगायत विभिन्न सुरक्षा निकायमा अधिकृतहरुको साथै वीउवासङ्घका महासचिव सुनिलकुमार खेतान, सचिव माधव राजपाल, सचिव मनोजकुमार दास, सह–सचिव प्रेमचन्द्र गोयल लगायतको उपस्थिति रहेको थियो ।