भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न
PDF Print E-mail
alt २०७३ फाल्गुन ०१/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, नेपाल–भारत सहयोग मञ्च, वीरगञ्ज तथा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जको संयुक्त आयोजनामा भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोहको आज आयोजना गरियो ।

बिदाई समारोहमा सङ्घका अध्यक्ष श्री ओमप्रकाश शर्माज्यूले नेपाल–भारत बीचको आर्थिक विकास संग सम्बन्धित विषयहरुका साथै सिमावर्ती शहरहरुको जटिलताका सम्बन्धमा बटुलेको संस्थागत लामो अनुभवलाई दुई देश बीच आर्थिक सम्बन्ध विस्तार गर्न निर्वाह गर्न पाउनु पर्ने सहजीकरण, समन्वयको अपेक्षा र अभिलाषा विगतका वर्षहरु देखि राख्दै आएको भएपनि त्यस अवसरबाट वीरगञ्ज उद्योग वाणिज्य सङ्घ हालसम्म बञ्चित रहनु परेको दुखःद यथार्थ महामहीम रंजीत रेज्यूमा अवगत गराउनु भयो ।

कार्यक्रममा तराई मधेश लोकतान्त्रित पार्टीका केन्द्रिय सभापति श्री महन्त ठाकुर, भारतीय महावाणिज्यदूत बी.सी. प्रधान, विभिन्न राजनीतिक पार्टीका बरिष्ठ नेताहरु, सरकारी निकायका प्रमुखहरु, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी एवम् कार्यसमिति सदस्य, नेपाल–भारत सहयोग मञ्चका कार्यसमिति सदस्य, भारतीय महावाणिज्य दूतावासका अधिकारीका लगायत पर्सा बारा जिल्लाका राजनीति पार्टीका प्रमुख, नागरिक समाज, उद्योगी–व्यवसायीहरुको उपस्थिति रहेको थियो ।