भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न
PDF Print E-mail
alt २०७३ फाल्गुन ०४ वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सक्रियतामा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले पर्सा–बाराका उद्योगी व्यवसायीहरुको उपस्थितिमा Indo-Nepal Trade & Transit Issues सम्बन्धमा Round Table Discussion कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले भारतीय महावाणिज्य दूतावासले यस क्षेत्रकै उद्योग, व्यापार, व्यवसायको विकास विस्तारको लागि खेलेको भूमिका सराह्नीय रहेको बताउनुभयो । कार्यक्रममा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानले यस क्षेत्रको उद्योग व्यापार विकासको लागि आपूmहरु सदैव तत्पर रहेको बताउनुहुँदै नेपालमा विद्युत आपूर्ति समस्या समाधानको लागि रक्सौल–परवानीपुर ५० के.भी. ट्रान्समिशन लाईन परीक्षण चरणमा रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले रक्सौल रेल्वे साइडिङ्ग, एकीकृत जाँचचौकी, सुक्खा बन्दरगाहमा रहेको समस्या र सो समाधानका उपायहरु छलफल कार्यक्रममा प्रस्तुत गरेका थिए । कार्यक्रममा महावाणिज्य दूतावासका डिपुटी कन्सुल निरज जयसवाल, कन्सुलद्वय राजेश कुमार र विनोद लोशाली, सङ्घका बरिष्ठ उपाध्यक्ष गोपाल केडिया, सङ्घका पूर्व अध्यक्ष अशोक कुमार वैध र अशोक कुमार टेमानी, बरिष्ठ उद्योगपति जगदीश अग्रवाल, उपाध्यक्ष अनिलकुमार अग्रवाल लगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।