भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न
PDF Print E-mail
alt फाल्गुन ५, नयाँ दिल्ली/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ताले नेपाली राजदूतावास, नयाँ दिल्लीका राजदूत दीपकुमार उपाध्याय र इकोनोमिक कन्सुल कृष्ण हरि पुष्करसँग उहाँहरुकै कार्यकक्षमा आज समारोहका बीच भेटघाट तथा छलफल गरेका छन ।

छलफलका क्रममा सङ्घका उपाध्यक्ष सुबोध कुमार गुप्ताले सङ्घले विगतदेखि उठाउँदै आएको नेपाल भारत व्यापार तथा पारवहन र द्विराष्ट्रिय सरोकारसंग सम्बन्धीत बिषयहरु उल्लिखित दस्तावेज बुझाउनु भयो । साथै हाल भारतबाट ५० मेगावाट विद्युत ल्याउने तयारीमा रहेको रक्सौल–परवानीपुर ट्रान्समिशन लाईनको क्षमता १०० मेगावाट रहेकोले भारत सरकारसँग थप ५० मेगावाट विद्युत् नेपाल आयातको लागि आवश्यक पहल गर्न अनुरोध गर्नुभयो । उपाध्यक्ष गुप्ताले पर्सा–बारा तथा रक्सौलको पूर्वाधार विकासका लागि रक्सौल रेल्वे क्रसिङ्गमा ओभरब्रिजको निर्माण मुजफरपुर–पिपराकोठी राष्ट्रिय राजमार्गको निर्माण कार्य यथाशीघ्र पुरा गर्न, भारत सरकारको सहयोगमा निर्माणाधीन एकीकृत जाँचचौकी ९क्ष्ऋए० को नेपाल तर्फ निर्माण भइरहेका गोदामहरुको भण्डारण क्षमता पर्याप्त नदेखिएकोले पर्याप्त क्षमता सहितको गोदामहरुको निर्माणका लागि भारत सरकारसँग पहलको लागि राजदूत दीपकुमार उपाध्यायको ध्यानाकर्षण गराउनुभयो । वीरगञ्ज सुक्खा बन्दरगाहलाई ग्लोबल सिपिङ्ग म्यापमा समावेश गर्न तथा नेपाली मालवस्तु आयातका लागि कोलकाता पोर्ट मात्र भर पर्दा अप्ठ्यारा सिर्जना भइरहेकोले विकल्पको रुपमा बिशाखा पोर्टबाट पनि आयात गर्न अनुमतिका लागि भारत सरकारसँग आवश्यक पहल गर्न पनि भेटघाटका क्रममा राख्नु भयो ।

राजदूत दीपकुमार उपाध्यायले दस्तावेज ग्रहण गर्नुहुँदै नेपाल भारत व्यापार तथा पारवाहन सम्बन्धी समस्याहरु बारे आपूm अवगत नै रहेको जानकारी गराउँदै समस्याहरु निराकरणका लागि आपूm निरन्तर प्रयासरत रहेको बताउनुहुँदै प्रस्तुत पर्सा–बारा लगायत रक्सौलको पूर्वाधार विकासका मुद्दाहरुलाई नेपाल तथा भारत सरकारका सरोकारवाला निकायहरुमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।