भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
वीउवासङ्घका बरिष्ठ उपाध्यक्ष केडिया र नेपाली महावाणिज्यदूत अर्यालबीच भेटघाट सम्पन्न
PDF Print E-mail
alt फाल्गुन १६, कोलकाता/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष गोपाल केडियाले नेपाली महावाणिज्य दूतावास, कोलकाताका महावाणिज्यदूत एकनारायण अर्यालसँग उहाँकै कार्यकक्षमा भेटघाट तथा छलफल गरेको छ । छलफलका क्रममा सङ्घका बरिष्ठ उपाध्यक्ष गोपाल केडियाले सङ्घले नेपाली आयातकर्ताहरुले तेस्रो मुलुकबाट मालवस्तु आयात र निर्यातका क्रममा भोग्नु परिरहेको कठिनाई र सोलाई समाधान गर्ने उपाय सहितको दस्तावेज बुझाउनु भयो । वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल केडियाले तेस्रो मुलकबाट नेपालमा आयात गर्दा सिएण्डएफ÷सिआईएफ वीरगञ्ज सुख्खा बन्दरगाह र निर्यात गर्दा एफओबी वीरगञ्ज सुख्खा बन्दरगाहको व्यवस्था र विद्यमान नेपाल–भारत व्यापार तथा पारवहन सन्धीमा मालवस्तु हस्तान्तरण गर्नको लागि कोलकाता÷हल्दिया पोर्ट मात्रै तोकिएकोबाट नेपाली आयातकर्ताहरुले झन्झट तथा विभिन्न किसिमको अप्रत्यक्ष खर्चहरु व्यहोर्नु परिरहेकोले वीरगञ्ज सुक्खा बन्दरगाहलाई पनि ग्लोबल शिपिङ्ग म्यापमा समावेश गर्नको लागि सम्बन्धित निकायहरुसँग पहलका लागि महावाणिज्यदूत अर्यालसँग आग्रह गर्नुभयो । त्यसतै उहाँले सिआईएफ वीरगञ्ज सुख्खा बन्दरगाह नभएको कारण मक्र्स लाईन शिपिङ्ग कम्पनीले खाली कन्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहमा बुझि लिने गरेको भएतापनि अरु कम्पनीहरुले कोलकाता÷हल्दिया पोर्टमा मात्रै बुझ्ने गरेकाले शिपिङ्ग कम्पनीहरुसँग समन्वय गरी कन्टेनरहरु वीरगञ्ज सुख्खा बन्दरगाहमै बुझिलिने व्यवस्थाको लागि पनि आग्रह गर्नुभयो । सोही क्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष केडियाले भारत तथा नेपाल सरकारको सहमति प्राप्त नेपालका लागि कोलकात्ता पोर्टको विकल्पको रुपमा रहेको विशाखापट्टनम पोर्टमा रहेका शिपिङ्ग कम्पनीहरु र नेपाली आयातकर्ताहरुबीच समन्वय गरी विशाखापट्टनम पोर्ट संचालन हेतु महावाणिज्य दूतावासले समन्वयकत्र्ताको भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो । साथै कोलकाता÷हल्दियाबाट आउने कार्गो रेलमा कहिलेकाही रेल्वेको प्राविधिक कारणले रेलको केही बोगीहरु बीचमा नै काटिने गरेको र काटिन गएका कार्गो बोगीहरु वीरगञ्ज सुख्खा बन्दरगाह वा रक्सौल रेल्वे साइडिङ्गसम्म आउन महिनौं लाग्ने र कार्गो बोगीहरु खोज्न नेपाली आयातकर्ताहरुलाई सा¥है कठिनाई व्यहोर्नु परिरहेकोले सहजताको आग्रह गर्नुभयो । उहाँले तेस्रो मुलुकबाट आयात हुने नेपाली मालवस्तुहरु पटक पटक क्लियरिङ्ग गर्दा समय तथा रकम खर्चिनु परिरहेकोले सो प्रक्रियालाई अनलाईन गर्न सकिएमा सहज हुने बताउनुभयो । महावाणिज्यदूत एकनारायण अर्यालले दस्तावेज ग्रहण गर्नुहुँदै नेपाली आयातकर्ताहरुले मालवस्तुहरु आयातका क्रममा भोग्नु परिरहेका समस्याहरु बारे आपूm अवगत रहेको जानकारी गराउँदै समस्याहरु निराकरणका लागि आपूm निरन्तर प्रयासरत रहेको बताउनुहुँदै नीतिगत समस्यालाई नेपाल तथा भारत सरकारका सरोकारवाला निकायहरुसँग आवश्यक पहल गरिने र व्यवहारिक समस्यालाई आपसी समन्वय गरी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।