भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
राजदूत उपाध्यायद्वारा आईसिपीको अवलोकन भ्रमण
PDF Print E-mail
alt फाल्गुन २२, वीरगञ्ज/ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पर्सा जिल्लाको श्रीसियामा निर्माणाधीन अवस्थामा रहेको एकीकृत जाँचचौकी (आईसिपी) को निर्माण कार्यमा तीव्रता ल्याई चाँडो सञ्चालनमा ल्याउन नेपाल तथा भारत दुवै सरकारका सम्बन्धित निकायसँग पहल गर्ने बताउनु भएको छ ।

भेटघाटका क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले एकीकृत जाँचचौकीको भारत तर्फको निर्माण कार्य सम्पन्न गरी सकेको परिप्रेक्ष्यमा नेपाल तर्फको निर्माण सम्पन्न हुनमा अझै समय लाग्ने देखिएकोले निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्नका लागि पहल गर्न राजदूत उपाध्यायसँग आग्रह गर्नुभयो । त्यस्तै एकीकृत जाँचचौकीमा निर्माण भइरहेको गोदामहरु भविष्यमा आयात हुने मालवस्तुहरुको चाप थेग्न नसक्ने देखिएकोले सोलाई मध्यनजर गरी अहिले नै सोही अनुरुपको गोदामहरुका साथै भौतिक पूर्वाधारहरु निर्माणका लागि पहल गरी दिन पनि अनुरोध गर्नुभयो ।

भेटघाट कार्यक्रम अघि वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको अनुरोधमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, भारतीय महावाणिज्यदूत बी.सी. प्रधान, वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्मा र उपाध्यक्ष सुबोधकुमार गुप्ताले भारत सरकारको सहयोगमा निर्माणाधीन एकीकृत जाँचचौकी तथा वीरगञ्ज सुख्खा बन्दरगाहको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।