भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
प्रबउ उपाध्यायसँग सङ्घको भेटघाट तथा छलफल
PDF Print E-mail
alt वीरगञ्ज, १५ चैत्र/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले नारायणी अञ्चल प्रहरी कार्यालयका नवआगन्तुक प्रहरी बरिष्ठ उपरीक्षक सूर्य उपाध्यायसँग सङ्घकै सभाकक्षमा आज एक समारोहबीच भेटघाट तथा छलफल गरेको छ ।

छलफलका क्रममा सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले विगतमा शान्ति सुरक्षाको अभाव रहँदै आएकोमा यस क्षेत्र पछिल्लो केही समयदेखि शान्त सुरक्षित महसुस गरिरहेकोले सोलाई निरन्तरता दिन आग्रह गर्नुभयो । वीरगञ्जको शान्ति सुरक्षा कुनै व्यक्तिको उपस्थितिको भरमा नभएर एउटा पद्धतिको आधारमा हुनुपर्छ भन्ने आफ्नो धारणा राख्नुभयो ।

प्रबउ उपाध्यायले यस क्षेत्रको शान्ति सुरक्षालाई अझ सशक्त र प्रभावकारी बनाउनका निमित्त आपूm भरमग्दुर कोसिस गर्ने र गैरकानूनी क्रियाकलापलाई प्रश्रय दिनेलाई कुनै पनि हालतमा नछोडने बताउनुभयो ।