भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
आर्थिक नीति तर्जुमाका लागि गठित प्राविधिक टोलीसँग सङ्घको छलफल
PDF Print E-mail
alt वीरगञ्ज, २१ चैत्र/ नयाँ आर्थिक नीति तर्जुमा गर्न अर्थ मन्त्रालयले गठन गरेको प्राविधिक टोलीसँग आज वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष श्री गोपाल केडियाज्यूको सभापतित्वमा सङ्घको सभाकक्षमा छलफल एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यवाहक अध्यक्ष श्री गोपाल केडियाज्यूले स्वागत मन्तव्य राख्दै सङ्घले तयार पारेको आर्थिक नीतिमा समावेश गरिनु पर्ने सुझाव बुँदागत रुपमा राख्नु भएको थियो । साथै सचिव माधव राजपाल, सह–सचिव श्री आशीषकुमार लाठ, सल्लाहकार एवम् पूर्व अध्यक्ष श्री गणेशप्रसाद लाठ, सङ्घका सल्लाहकार जगदीश अग्रवालले नीति तर्जुमामा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

अर्थ मन्त्रालयले श्री हरि रोक्काज्यूको संयोजकत्वमा गठन गरेको समितिमा अर्थविद डा. सरेन्द्र लाभ कर्ण, पुरञ्जन अचार्य एवम् अर्थ मन्त्रालयका प्रतिनिधि श्री कृष्णप्रसाद शर्मा रहनु भएको छ ।