भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
पूर्व बजेट २०७४/०७५ छलफल सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २२ चैत्र/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहकार्य तथा अर्थ मन्त्रालयको आयोजनामा वीरगञ्ज स्थित होटल भिष्वामा आर्थिक वर्ष २०७४÷०७५ को पूर्व बजेट छलफल कार्यक्रम आयोजना गरियो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री ओमप्रकाश शर्माज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका माननीय उप–प्रधान तथा अर्थ मन्त्री श्री कृष्णबहादुर महराज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उप–प्रधान तथा अर्थमन्त्री माननीय कृष्णबहादुर महराज्यूले आगामी आर्थिक वर्षको बजेट बे्रक थु्र हुन्छ विगत झै परम्परागत हुँदैन भन्नु भयो । साथै आगामी बजेटमा कतिपय करका दायरामा सुधार गरिने बताउनु भएको थियो ।

निजी क्षेत्रको प्रोत्साहनबिना समाजवादमा पुग्न जटिल हुने बताउँदै गत आर्थिक वर्षको बजेट समयमै आए पनि काम गर्ने तरिका परिवर्तन नभएकोले फाईदा लिन नसकिएकोले ठेक्का लिएर लामो समय सम्म काम नगरिदिने ठेकेदारका कारण पनि पुँजीगत खर्च लक्ष्यअनुसार भएको वहाँको भनाई थियो । साथै यस आर्थिक वर्षको अन्तसम्म ८० प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुने माननीय मन्त्रीज्यूले दाबी गर्दै मुलुकको समग्र आर्थिक परिसूचक सकारात्मक रहेकाले यस आर्थिक वर्षको वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरे र नीतिगत सुधार गरी मारमा परेका उद्योगी व्यवसायीलाई राहत दिइने सरकारको लक्ष्य रहेको बताउनु भयो । प्रमुख राजश्वको स्रोतका रुपमा रहेको वीरगञ्जको भौतिक पूर्वाधार विकासमा राज्यले पहल गर्ने आश्वासन माननीय मन्त्रीज्यूले दिनु भएको थियो भने अर्थ सचिव श्रीमान् शान्तराज सुबेदीज्यूले सरकार र निजी क्षेत्रसँगै अगाडि नबढे देशको विकास नहुने धारणा राख्नु भएको थियो । वहाँले प्रदेश नं. २ का लागि फास्टट्रयाक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्याकेजका रुपमा रहेको र धार्मिकस्थल गढीमाईको दीर्घकालीन विकासका लागि गुरुयोजना बनाउन सुझाएका थिए ।

मूल्य अभिवृद्धि कर, भन्सार, आन्तरिक राजस्वमा उद्योगी व्यवसायीको समस्या सहजीकरणका लागि कर्मचारी जुन बेला पनि तयार रहेको बताएका थिए । खुला नाकामा हुने अवैध कारोबार नियन्त्रणका लागि प्रहरी प्रशासनलाई कडाई गर्न निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा सङ्घका अध्यक्ष श्री ओमप्रकाश शर्माले अत्यधिक राजश्व तिरे पनि वीरगञ्ज र आसपासका क्षेत्र विकासमा पछाडि परेको गुनासो गरेका थिए । मुलुक भित्रिने कुल मालवाहक सवारीको ७० प्रतिशत यहीबाट भित्रिन्छ तर अझै यहाँको सडक विस्तार भएको छैन ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री गोपाल केडियाले सङ्घले आर्थिक वर्ष २०७४–०७५ का लागि तयार गरेको आयकर, अन्तशुल्क र सम्पत्ति सुद्धिकरण सम्बन्धी सुझावहरु प्रस्तुत गुर्न भएको थियो भने सङ्घका उपाध्यक्ष श्री सुबोधकुमार गुप्ताज्यूले मूल्य अभिवृद्धि कर र भन्सार सम्बन्धी सुझाव प्रस्तुत गर्दै माननीयमन्त्री ज्यूको ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री प्रदीपकुमार केडिया, सल्लाहकार श्री जगदीश अग्रवाल, पूर्व अध्यक्ष श्री अशोककुमार बैधका साथै पर्सा, बारा, चितवन, मकवानपुर उद्योगी व्यवसायीहरुले आ–आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा सङ्घका पदाधिकारी, कार्यसमिति सदस्यका साथै गन्यमान्य व्यक्तिहरुको वृहद उपस्थिति रहेको थियो ।