भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
पूर्व अध्यक्षद्वय सम्मानित
PDF Print E-mail
alt वीरगञ्ज, ३ बैशाख/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री ओमप्रकाश शर्माज्यूको अध्यक्षतामा सङ्घमा एक स्वागत कार्यक्रमको आयोजना गरी पूर्व अध्यक्षद्वय श्री गणेशप्रसाद लाठ, श्री अशोककुमार टेमानीज्यूलाई सम्मान पत्र हस्तान्तरण गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा सङ्घका अध्यक्ष श्री ओमप्रकाश शर्माज्यूले स्वागत मन्तव्य राख्दै पर्सा÷बारा जिल्लाका उद्योगी व्यवसायीहरुले भोग्दै आएका जटिलताहरुलाई महासङ्घको मञ्च मार्फत् नेपाल सरकार समक्ष पु¥याउनु सङ्घका अध्यक्षद्वय श्री लाठ र श्री टेमानीज्यूलाई अभिभारा प्रदान गरेको बताउँदै आउँदा दिनहरुमा सङ्घको स्वरलाई सिंहदरबारको पर्खाल नाघ्ने नै छ भन्ने पूर्ण विश्वास लिएको बताउनु भएको थियो ।

हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औं वार्षिक साधारण सभा तथा नयाँ नेतृत्वको निर्वाचनमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षद्वय श्री गणेशप्रसाद लाठ र श्री अशोककुमार टेमानीज्यू नेउवामहासङ्घको कार्यकारिणी सदस्यमा निर्वाचित हुनु भएको थियो ।

सङ्घका पूर्व अध्यक्ष श्री गणेशप्रसाद लाठज्यूले नेउवामहासङ्घको सङ्घीयताको प्रादेशिक संरचना अनुरुप प्रदेश नम्बर २ बाट नेउवामहासङ्घको कार्यकारिणी सदस्यमा उम्मेदवारी मनोनयन दर्ता भएको थियो जसमा वहाँ निर्विरोध निर्वाचित हुनु भएको थियो भने पूर्व अध्यक्ष श्री अशोककुमार टेमानीज्यूले एशोसिएट क्षेत्रबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको थियो जसमा वहाँ निर्वाचित हुनु भएको थियो ।

उक्त कार्यक्रममा सङ्घका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुले वहाँहरुलाई हार्दिक बधाई ज्ञपान गर्नु भएको थियो भने सङ्घका वरिष्ठ उपाध्यक्ष श्री गोपाल केडियाज्यूले बधाई ज्ञापन गर्दै धन्यवाद मन्तव्य राख्नु भएको थियो ।