भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
भारतीय रेल्वे राज्य मन्त्री मनोज सिन्हासँग वीउवासङ्घको भेटघाट
PDF Print E-mail
alt बैशाख ३०, बेतिया, भारत/ भारत, बिहारको बेतिया (पश्चिमी चम्पारण) को भ्रमणमा रहेका भारतीय रेल्वे राज्य मन्त्री मनोज सिन्हासँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा र नेपाल भारत सहयोग मञ्चका अध्यक्ष तथा वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार वैध तथा पदाधिकारी सम्मिलित एक प्रतिनिधि मण्डलले आज एक समारोहबीच बेतियामा भेटघाट गरेको छ ।

भारत विहार पश्चिमी चम्पारणका सांसद सञ्जय जयसवाल, रेल्वेका जि.एम., डि.आर.एम., सि.सि.एम. समेतको उपस्थिति रहेको उक्त रेल्वे राज्य मन्त्री सँगको भेटघाटका क्रममा सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले रक्सौल रेल्वे साइडिङ्ग, एकीकृत जाँच चौकीको व्यवस्थापन तथा रक्सौल–वीरगञ्ज नाकालाई व्यवस्थित बनाउन गर्नुपर्ने आवश्यक पूर्वधार विकासका सम्बन्धमा राज्य मन्त्रीको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष शर्माले रक्सौल रेल्वे क्रसिङ्गका कारण यात्रुहरु दिनहुँ घण्टौं जाममा बस्नुपर्ने र दुर्घटना हुने सम्भावना रहेकोले आकाशे पुलको आवश्यकता रहेको बताउनु हुँदै रक्सौल रेल्वे साइडिङ्गमा व्यवस्थापनको कमीले आयातीत मालवस्तु नोक्सान हुने गरेको, रेल्वे साइडिङ्गमा २४औं घण्टा काम गर्ने वातावरण भएतापनि भारतीय तथा नेपाली भंसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म बन्द रहने गरेकोले मालवस्तु लोड गराई समयमैं रेल्वे साइडिङ्ग खाली गराउन नसक्दा ठूलो रकम वारफेज र विलम्ब शुल्कको रुपमा तिर्नुपरेको र रक्सौल रेल्वे साइडिङ्गदेखि भंसारसम्मको बाटो एकदमै दयनीय अवस्थामा रहेकोले सो बाटोबाट ढुवानीको लागि भाडाको ट्रक जान आनाकानी गर्ने र दुर्घटना हुने सम्भावना बढी रहेकोले सो बाटोको स्तरोन्नतिको लागि आग्रह गर्नुभयो ।

साथै प्रतिनिधि मण्डलले भारतमा भर्खरै लागु भएको नयाँ ई–एक्टले गर्दा नेपाली आयातकर्ताहरुलाई धेरै नै असजिलो भइरहेको तर्पm राज्य मन्त्री सिन्हाको ध्यानाकर्षण गराउनु हुँदै सम्बन्धित समस्याहरु समाधान सम्बन्धमा लिखित निवेदन राज्य मन्त्रीलाई हस्तान्तरण गरेको प्राप्त समाचारमा उल्लेख छ ।

भारतीय रेल्वे राज्य मन्त्री मनोज सिन्हाले रक्सौल रेल्वे साइडिङ्गको व्यवस्थापन र रक्सौलको भौतिक पूर्वाधारका साथै नेपाली आयातकत्र्ताहरुले रेल्वे ¥याक सम्बन्धी भोगिरहेको समस्या समाधानका लागि एक हप्ता भित्रमा कार्य थालनी गर्न रेल्वेका जि.एम., डि.आर.एम., सि.सि.एम. समेतलाई निर्देशन दिनु भयो ।

उक्त भेटघाट कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, उपाध्यक्ष अनिल पटवारी, महासचिव सुनिलकुमार खेतान, कोषाध्यक्ष रविन्द्रकुमार वर्णवाल, सचिव माधव राजपाल तथा सिमावर्ती शहर रक्सौलका वरिष्ठ व्यवसायी महेश अग्रवाल समेतको उपस्थिति रहेको थियो ।