भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
२ नं. प्रदेश उवामहासङ्घको उपाध्यक्षमा वैध तथा का.स.स.मा केडिया निर्विरोध निर्वाचित
PDF Print E-mail
alt जनकपुरधाम, २८ जेष्ठ/ नेपाल उद्योग वाणिज्य महासङ्घको दुई नम्बर प्रदेशको शनिवार बसेको प्रथम सभाबाट वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैध उपाध्यक्षमा तथा निवर्तमान अध्यक्ष प्रदीपकुमार केडिया कार्यकारिणी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महासङ्घको अध्यक्षमा शिवशंकर साह अध्यक्षमा सर्वसहमतिले चयन भएका हुन् । साह जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । अर्को उपाध्यक्षमा लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोककुमार अग्रवाल तथा कोषाध्यक्षमा जलेश्वर उद्योग वाणिज्य सङ्घका कृपाशंकर साह चयन भएका छन् ।

अन्य सदस्यहरुमा रामनगर मिर्चैया उद्योग वाणिज्य सङ्घका हरिशंकर साह, गौशाला उद्योग वाणिज्य सङ्घका राजाराम गिरी, मलंगवा उद्योग वाणिज्य सङ्घका हरिशंकरप्रसाद साह, बारा उद्योग वाणिज्य सङ्घका विनोदकुमार बरै, सिरहा उद्योग वाणिज्य सङ्घका सञ्जयकुमार महासेठ र धनुषाको सांग्रिला डिष्टिलरीका मोहनप्रसाद गुप्ता चयन भएका छन् ।