भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
रा.यो.आ.का सदस्य डा. स्वर्णिम वाग्लेसँग भेटघाट तथा छलफल
PDF Print E-mail
alt वीरगञ्ज, १४ आषाढ/ राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्ले र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य र सल्लाहकारहरुबीच आज सङ्घकै कार्यकक्षमा भेटघाट तथा छलफल भएको छ ।

कार्यक्रममा सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले मुलुकको राष्ट्रिय योजनामा यस क्षेत्रले प्राथमिकता नपाएकोमा गुनासो पोख्दै आगामी दिनहरुमा यस क्षेत्रका अर्थ, उद्योग, व्यापार र पूर्वाधार विकासका एजेण्डहरु राष्ट्रिय योजनामा समावेश गरी कार्यान्वयनको लागि अनुरोध गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेले मुलुककै कूल औद्योगिक लगानीको ठूलो हिस्सा लगानी रहेको, औद्योगिक नगरी र मुलुककै मुख्यद्वारको रुपमा रहेको वीरगञ्ज लगायत क्षेत्रको विकासको लागि योजना आयोग सकारात्मक रहेको बताउनुहुँदै आगामी दिनहरुमा तर्जुमा हुने योजनाहरुमा यस क्षेत्र प्राथमिकतामा रहने बताउनुभयो ।

कार्यक्रममा सभासद् अनिल रुँगटा, पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा, नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेत, वाणिज्य मन्त्रालयका पदाधिकारी, बरिष्ठ उपाध्यक्ष गोपाल केडिया, नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य तथा वीउवासङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य र सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।