भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
Office Procedure and Market Analysis विषयक तालिम आरम्भ
PDF Print E-mail
alt वीरगञ्ज, २५ आषाढ/ व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, काठमाण्डौं तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त तत्वावधानमा आजदेखि तीन दिने Office Procedure and Market Analysis विषयक तालिम सङ्घकै सभाकक्षमा शुरु भएको छ ।

तीन दिने तालिमको उद्घाटन गर्नुहुँदै सङ्घका नि.अध्यक्ष प्रदीपकुमार केडियाले आयात निर्यात प्रक्रिया तथा प्रशासनिक ज्ञानको अभावमा नेपाली उद्योग, व्यापार, व्यवसाय संकुचित हुँदै गइरहेको परिप्रेक्ष्यमा आयोजना हुन गइरहेकोले तालिमले आयात निर्यातको क्षेत्रमा थप सहयोग पु¥याउने विश्वास लिएको बताउनुभयो । उहाँले विश्व बजारका सन्दर्भमा समय सापेक्ष जानकारी हासिल गर्न तालिमले सघाउने भएकोले आपूmले आयात निर्यात गरिरहेको वा गर्न खोजेको वस्तुको बजार अन्वेशन सहज हुने भएकोले तालिम कोशेढुङ्गा सावित हुने विश्वास लिएको बताउनुभयो ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, काठमाण्डौंका निर्देशक सुरेन्द्रनाथ गंगोलले आयोजित तालिमले प्रशासनिक प्रक्रिया, विश्व बजारमा आयात निर्यात गर्दा पाउने छुट सुविधाहरुको बारेमा जानकारी गराउने बताउनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञानको आधारमा आफ्नो उत्पादन प्रतिस्पर्धी मूल्यमा बेच्न र सस्तो एवम् कम लागतमा गुणस्तरीय वस्तु आयात गर्नको लागि बजार विश्लेषण गर्न सजिलो हुने बताउनुभयो ।

तालिममा केन्द्रका निर्देशक सुरेन्द्रनाथ गंगोल, उपनिर्देशक राजेन्द्र सिंहले प्रशिक्षण दिई राख्नु भएको छ भने तालिमको व्यवस्थापन केन्द्रका ज्ञानबहादुर ईदमले गरि राख्नु भएको छ । तालिमको उद्घाटन सत्रको सहजीकरण मनोज उपाध्यायले गर्नुभएको थियो भने तालिममा पर्सा÷बारा क्षेत्रका करिब २५ जना उद्योगी, व्यवसायी, आयात–निर्यातकर्ताको सहभागिता रहेको थियो ।