भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
तालिम समापन
PDF Print E-mail
alt वीरगञ्ज, २७ आषाढ/ व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, काठमाण्डौं तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त तत्वावधानमा सङ्घको सभाकक्षमा आयोजित तीन दिने Office Procedure and Market Analysis विषयक तालिम आज एक कार्यक्रमका बीच समापन भएको छ ।

सङ्घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडिया, उपाध्यक्ष अनिलकुमार अग्रवाल, सचिव माधव राजपाल, केन्द्रका निर्देशक सुरेन्द्रनाथ गंगोल, उपनिर्देशक राजेन्द्र सिंहले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गनुभयो ।

वक्ताहरुले तालिमबाट प्राप्त सैद्धान्तिक तथा व्यवहारिक ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा व्यवहारिक उतार्न सकिएमा तालिमको सार्थकता रहने बताउनुहुँदै सहभागीलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रशिक्षार्थी पन्नालाल साह र प्रेमसागर पण्डितले तालिमबाट सिकेका कुराहरुले आ–आफ्ना व्यापार, व्यवसाय प्रबद्र्धनमा थप सहयोग पुग्ने धारणा राखेका थिए ।

कार्यक्रमको सभापतित्वमा सङ्घका उपाध्यक्ष अनिलकुमार अग्रवालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गर्नुभएको थियो ।