भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
हल्दिया डक कम्प्लेक्ससँग वीउवासङ्घको छलफल सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, ६ श्रावण/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र हल्दिया डक कम्प्लेक्सको संयुक्त आयोजनामा आज सङ्घकै सभाकक्षमा सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको सभापतित्वमा एक अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरियो । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले तेस्रो मुलुकसँगको व्यापारमा कोलकाता पोर्टमा मात्र निर्भर रहँदा पोर्टको अव्यवस्था तथा अन्य कारणले गर्दा नेपाली आयातकर्ताहरुले ठूलो रकम जरिवानाको रुपमा तिर्नु पर्ने बाध्यता रहेकोले अन्य पोर्टहरु पनि प्रयोगमा ल्याउनु अपरिहार्य रहेको कुरा बताउनुभयो ।

वीरगंजका व्यवसायीहरूले भारत कोलकातास्थित कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकबाट मालसामान नेपाल आयात गर्दा ८ सय करोड नेपाली रुपैयाँ विलम्ब शुल्क तिरिएको बताएका छन् ।

तेस्रो मुलुकबाट आयातित मालसामानमध्ये ६५ देखि ७० प्रतिशत वीरगंज नाकाबाट नेपाल भित्रिने र त्यसमा पनि ड्राइपोर्टबाट आयात गरिने मालवस्तुमा सिपिङ लाइन कम्पनी तथा भारतीय रेलवे कम्पनीको भगिनी संस्था कन्करको साझेदार हिमालय टर्मिनलले व्यवसायीहरूलाई मनपरी ढङ्गले लुटेको व्यवसायीहरूले आरोप लगाए । उनले रेलबाट आयात गर्दा १० लाख रुपैयाँको मालवस्तुमा ३० लाख रुपैयाँसम्म डिटेन्सन शुल्क अर्थात् विलम्ब शुल्क तिरेको जिकिर गरे ।

वीरगंजका व्यवसायी अनिल तुल्स्यानका अनुसार नाकाबन्दी र मधेस आन्दोलनको समयमा सिपिङ लाइन कम्पनीहरूले मनपरी ठगी गरेको र नियमभन्दा बाहिर गएर विलम्ब शुल्क लगाएर नेपाली व्यवसायीलाई दुःख दिएको स्मरण गर्दै नेपालका व्यवसायीहरूले अब कोलकँताबाहेकका बन्दरगाहहरूलाई विकल्पको रूपमा अघि सार्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी, कोइला आयात गर्ने व्यवसायी मोहन राजपालले भारतीय रेलवेको विभिन्न नीति नियमका कारण रक्सौल प्लेटफर्ममा ६ गुणा बढी विलम्ब शुल्कमा बढोत्तरी भएपछि वीरगंजका सबै कोइला, क्लीङ्कर, जिप्सनलगायतका मालसामान मगाउने व्यापारीहरूले ठूलो व्यापार घाटा बेहोर्नुपरेको बताए ।

कार्यक्रममा कोलकाता बन्दरगाहमा सिपिङ लाइन कम्पनीहरूको सिन्डीकेट र नेपाली व्यवसायीहरूको मालसामान ढुवानी गर्ने रेलवे कम्पनीको भगिनी संस्था कन्करबाहेक अरू कुनै विकल्प नरहेको कारणले पनि व्यवसायीहरू ठगिन पुगेको चर्चा गरिएको थियो ।

तेस्रो मुलुकबाट नेपालको लागि मालसामान भारतको कोलकँता, हल्दिया र विशाखापट्टनम गरी ३ वटा बन्दरगाहबाट आयात गर्न सकिने व्यवस्था मिलाइएको छ ।

वीरगंजबाट ७ सय किलोमिटरको दूरीमा कोलकाता पर्छ, हल्दिया करिब साढे ८ सय किलोमिटरको दूरीमा पर्दछ र सबैभन्दा टाढा विशाखापट्टनम बन्दरगाह पर्दछ । कोलकँता नजिक भए तापनि त्यहाँका बन्दरगाह पदाधिकारी र सिपिङ लाइन कम्पनीबाट आजित बनेका नेपाली व्यवसायीहरूले हल्दिया र विशाखापट्टनमबाट मालसामान भित्रयाउन खोजिरहेका छन् ।

कार्यक्रममा हल्दिया बन्दरगाहका अधिकारीहरूले नेपाली व्यवसायीका लागि २४सैं घण्टा सेवा दिने र मालसामान भित्रयाउनको लागि आपूmहरू सकारात्मक तथा प्रभावकारी सहयोगको लागि प्रतिबद्ध रहेको जनाएका थिए ।

हल्दियाबाट एउटा कन्टेनर वीरगंज आउँदा कोलकाताभन्दा १४ सय रुपैयाँ कम पर्छ । हल्दियाबाट २ दिनमा कन्टेनर आउँछ भने हाल कोलकाताबाट ५ दिनमा पनि कन्टेनर नेपाल आउन सकिरहेको छैन । जसका कारण सिपिङ लाइन कम्पनीहरूको कन्टेनर निर्धारित समयभित्र फिर्ता गर्न नसक्दा व्यापारीहरूले विलम्ब शुल्क तिर्नुपरेको छ ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको सभापतित्व तथा मनोज उपाध्यायको सहजीकरणमा सम्पन्न कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगंजका कन्सुलेट जेनरल वीसी प्रधान प्रमुख अतिथि थिए भने हल्दिया डक कम्प्लेक्सका डिपुटी चेयरमेन जी सेन्थिलभेल, वीरगंज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडिया, पूर्वअध्यक्ष अशोककुमार टेमानी, हल्दिया डक कम्प्लेक्सका जेनरल म्यानेजर स्वप्न सहराय, हल्दिया इन्टरनेशनल कन्टेनर प्रालिका क्याप्टेन सुदीप बनर्जी, हल्दिया इन्टरनेशनल कन्टेनर प्रालिका तपन सेनगुप्ता, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, इन्टरकन्टिनेन्टल लजिस्टिक प्रालिका कुमार दाहाल, हिमालयन टर्मिनल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीलगायतको सहभागिता थियो ।