भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
Indo-Nepal Trade and Investment Promotion विषयक गोष्ठी सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २४ श्रावण/ भारतीय लगानी नेपालमा भित्रयाउने उद्देश्यले भारतीय महावाणिज्य दूतावास वीरगंज र वीरगंज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा स्थानीय होटल भिस्वामा आयोजित एक दिने दुई देशीय व्यापार गोष्ठीमा नेपाललगायत भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बङ्गालका व्यवसायीहरूको सहभागिता थियो । गत वर्षको व्यापारिक तथ्याङ्क हेर्ने हो भने नेपाल र भारतको व्यापार ३५ प्रतिशतले वृद्धि भएकोले भारतीय दूतावासले नेपाल भारत व्यापार अभिृद्धिको लागि यस्तो गोष्ठीको आयोजना गरेको जनाइएको छ ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले नेपाल, बिहार, युपी र बङ्गालका व्यवसायीहरूबीच संस्थागत विकास हुन सक्थ्यो, त्यो नहुन सकेको चर्चा गरे । उनले सुगौली–रक्सौल सडकको लागि वीरगंजका व्यवसायी र नेपालको आर्थिक विकासको लागि भारतको पटना र दिल्लीमा जबसम्म आन्दोलन हुँदैन, दुई पक्षीय आर्थिक विकास हुन नसक्ने बताए । तर आगामी दिनमा उत्तर भारतका तीन राज्य र नेपालका व्यवसायीबीच सुमधुर सम्बन्धको आवश्यकता रहेको बताए । वीरगंजका अर्का उद्योगपति मनोज दासले वीरगंज क्षेत्रमा पोलिटेक्निक विद्यालय, पर्यटन क्षेत्रमा भाथा, गढीमाई, जनकपुर, शिक्षामा सीपमूलक अध्ययनको लागि कलेज, स्वास्थ्यमा मेडिकल कलेज तथा अस्पताल, कृषिमा आधुनिक यन्त्र निर्माण गर्ने उद्योग, खानेकुरा तथा मदिराजन्य उद्योगलगायतमा लागनीको लागि अत्यधिक सम्भावना रहेको औंल्याए । बिहारमा मदिरामाथि प्रतिबन्ध लागेपछि वीरगंज भारतीयहरूको अन्यान्य गन्तव्यको केन्द्र बन्दै गएको उनले बताए ।

नेपालको कुल लगानीको ३९ प्रतिशत भारतीय लगानी रहे तापनि हाल नेपालमा भारतीय लगानी थपिने प्रचुर सम्भावना रहेको नेपाली व्यवसायीहरूले बताएका छन् । वीरगजका उद्योगपति जगदीश अग्रवालले भारतभन्दा नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न उपयुक्त वातावरण रहेकोले लगानी लगाउन भारतीय व्यवसायीहरूसँग आग्रह गरे । वैदेशिक प्रत्यक्ष लगानीको लागि चाहिने आधारभूत आवश्यकत–विद्युत, बैकिङ्ग ऋण,जग्गा प्राप्तिको प्रक्रिया, मजदुर पारिश्रमिक र आयातनिर्यात नीति तथा भन्सार महसुल भारतभन्दा राम्रो रहेकोले नेपालमा लगानी गर्न सकिने उनले बताए । भारतले डाबर, सूर्य नेपाल, कन्साई, बर्जर, एसियन, पतञ्जलिजस्ता केही उद्योगमा लगानी गरे तापनि त्यो पर्याप्त नरहेको चर्चा गर्दै पछिल्लो समयमा चीनले लगानी बढाएको देखेपछि भारतले विभिन्न किसिमको अडकलबाजी गर्नु व्यावहारिक नदेखिएको उनले बताए ।

मोरङ्ग व्यापार सङ्घका अनिल शारडाले होटेल, पर्यटन, हाइड्रोपावर, अस्पताल र खानेकुरामा लगानीको लागि उचित सम्भावना बोकेको धारणा राखेका थिए । विराटनगर क्षेत्रमा पूर्वी भारत, बङ्गलादेश, भुटानका करिब ३५ करोड आबादीको आवश्यकतालाई मध्यनजर गर्दै उद्योगमा लगानी गर्न सकिने बताएका थिए ।

पोखरा उद्योग वाणिज्य सङ्घका विष्णु पालिखेले नेपालकै शान्त र सुन्दर शहर पोखरा भएकोले पर्यटनको लागि भारतीय लगानीको केन्द्र हुन सक्ने बताए । ¥याप्mिंटग, पाराग्लाइडिंग, हाइड्रोपावर, ट्रेकिंगलगायत क्षेत्रमा तालिम दिने उद्योगमा लगानी गर्न सुझाएका थिए ।

नार्कका बैज्ञानिक विश्वेश्वरप्रसाद यादवले नेपाल कृषि प्रधान देश भएर पनि कृषिमा जुन किसिमले लगानी हुनुपथ्र्यो हुन नसकेको बताए । नेपाल कृषिमा आधारित देश भए पनि हालसम्म नेपालमा एउटा पनि रासायनिक मल उत्पादन गर्ने उद्योग नरहेकोले भारतीय लगानीको लागि उचित क्षेत्र हुन सक्ने विचार व्यक्त गरे । अधिकांश नेपाली व्यवसायीहरूले नेपालीलाई साझेदार बनाएर लगानी भयो भने दुई पक्षीय विकासको नीति फस्टाउन सक्ने बताएका थिए ।

कार्यक्रममा सहभागी अधिकांश भारतीय लगानीकर्ताहरूले नेपालमा विद्युत् आपूर्तिको व्यवस्था, जग्गा प्राप्तिको नियम तथा भाउ, फर्म–कम्पनी दर्ता प्रक्रिया, उद्योग–व्यापारसँग सम्बन्धित नीति नियम र मजदुर पारिश्रमिक र राजनीतिक बन्द–हडतालबारे जिज्ञासा राखेका थिए । महावाणिज्य दूतावास वीरगंजका कन्सुल जेनरल विसी प्रधानको स्वागत भाषणसँगै शुरु भएको कार्यक्रममा भारतको तीन राज्यका चेम्बर अफ कमर्सका पदाधिकारी तथा नेपालका उद्योगीहरूको सहभागिता थियो ।