भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
जाइकाका पदाधिकारीहरुसंग भेटघाट तथा छलफल
PDF Print E-mail
alt वीरगञ्ज, १३ कार्तिक/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घ (वीउवासङ्घ) का पदाधिकारीहरु तथा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) का पदाधिकारीहरु बीच आज एक समारोह बीच स्थानीय होटल मकालुमा भेटघाट तथा छलफल भएको छ ।

वीउवासङ्घका का.वा. अध्यक्ष गोपाल केडियाले स्वागत मन्तव्य राख्नु हुँदै वीउवासङ्घको इतिहास, हासिल गरेका उपलब्धी, आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न निकायहरुसँगको सहकार्यका सम्बन्ध बारे प्रकाश पार्नु भयो । का.वा. अध्यक्ष केडियाले यस पर्सा–बारा क्षेत्रमा अवस्थित उद्योग, व्यवसायको स्थिति, मुलुकको आर्थिक विकासको लागि खेलेको भूमिका, यस क्षेत्रका पूर्वाधारका सम्बन्धमा जाइकाका पदाधिकारीहरुलाई अवगत गराउनुभयो ।

जाइका नेपाल अफिसका परियोजना तर्जुमा सल्लाहकार ल्बतकगपय ँग्च्ग्प्ब्ध्ब् ले यस क्षेत्रको विकासको लागि आपूmहरुले योजना तर्जुमा गरी परियोजना प्रमुख समक्ष सुझाव प्रस्तुत गर्ने बताउनुभयो ।

कार्यक्रममा वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार टेमानी, गणेशप्रसाद लाठ, अशोककुमार वैध, महासचिव सुनिलकुमार खेतान, जाइका नेपाल अफिसका प्रोग्राम अफिसर प्रशन्न अर्याल, जाइका एक्सपर्ट ःष्पष्य त्ब्ःब्म्ब्, जाइकाका स्नेहा शाक्यको उपस्थिति रहेको थियो । वीउवासङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ताले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रमको सहजीकरण वीउवासङ्घका मनोज उपाध्यायले गर्नुभएको थियो ।

त्यसैगरी जाइकाका पदाधिकारीहरुले आजै केएनपी जापान ई. प्रा.लि. र सुक्खा बन्दरगाहको अवलोकन भ्रमण गर्नुभयो ।