जाइकाका पदाधिकारीहरुसंग भेटघाट तथा छलफल । Indo-Nepal Trade and Investment Promotion विषयक गोष्ठी सम्पन्न । एपीएल सिपिङ्ग कम्पनीका Head of Commercial Thakur सँग भेटघाट । हल्दिया डक कम्प्लेक्ससँग वीउवासङ्घको छलफल सम्पन्न
सङ्घद्वारा वीरगञ्जका मेयर र उपमेयरसँग भेटघाट तथा छलफल
PDF Print E-mail
alt वीरगञ्ज, २९ मंशिर/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घ आज वीरगञ्ज महानगरपालिका नवनिर्वाचित मेयर विजयकुमार सरावगी, उपमेयर शान्ति कार्की तथा वीरगञ्ज उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष बसन्त भक्कडको एक समारोहका बीच स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले स्वागत मन्तव्यका क्रममा नवनिर्वाचित मेयर, उपमेयर लगायत वडा अध्यक्षहरुलाई सफल कार्यकालको शुभकामना राख्दै अबको वीरगञ्ज कस्तो हुनु पर्ने तथा वीरगञ्जका आम नगरिकहरुले भोग्दै आएका समस्या प्रति मेयरको ध्यानाकर्षण गराउनु भएको थियो । सोही क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य तथा पूर्वअध्यक्षहरुले वीरगञ्जको सेरोफेरका सम्बन्धमा विभिन्न समस्या तथा समाधन तर्फ मेयरलाई अवगत गराउनु भएको थियो ।

मन्तव्यको क्रममा उपमेयर शान्ति कार्कीले सङ्घले उठाएका कुराहरुलाई समयमा नै पुरा गर्ने तर्फ जोड दिनु भएको थियो ।

प्रतिउत्तर मन्तव्यमा वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले वीरगञ्जको मुहार मैले जुन “मेरे कसम” मा भनेको थिए सो अनुसार नै गर्नमा म कटिबद्ध रहेको र वीरगञ्जलाई चाहिने आवश्यक पूर्वाधार, सरसफाई, शिक्षा, स्वास्थ्यमा मेरो भूमिका सदैव अग्रणी पक्तीमा रहने कुरा बताउनु भएको थियो । साथै निमार्णधिन अवस्थामा रहेको एकिकृत भन्सार चौकी ९क्ष्ऋए० अब छिट्टै संचालनमा ल्याउनुका साथै हाल सालै सिमेन्ट उद्योगको कच्चा पदार्थ आयातमा रक्सौलमा देखा परेको समस्यालाई समाधन गर्न यथाशक्य पहल गर्ने तर्फ उद्योगी व्यवासायीहरुलाई आशवस्थ पार्नु भएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल केडियाले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष प्रदीप केडिया, उपाध्यक्ष सुबोध गुप्ता, अनिल अग्रवाल, पूर्व अध्यक्ष बाबुलाल चाचान, सचिव मनोज दास, माधव राजपाल, लगायत सङ्घका कार्यसमिति सदस्य हरुले वीरगञ्जको वस्तु स्थितीबारे मेयरको ध्यानाकर्षण गराउनु भएको थियो ।