जाइकाका पदाधिकारीहरुसंग भेटघाट तथा छलफल । Indo-Nepal Trade and Investment Promotion विषयक गोष्ठी सम्पन्न । एपीएल सिपिङ्ग कम्पनीका Head of Commercial Thakur सँग भेटघाट । हल्दिया डक कम्प्लेक्ससँग वीउवासङ्घको छलफल सम्पन्न
प्रजिअलाई ज्ञापन पत्र
PDF Print E-mail
alt वीरगञ्ज, ४ पुस/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष गोपाल केडियाको नेतृत्वमा सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, स्थानीय उद्योगी व्यवसायीहरु सम्मिलित एक टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहसमक्ष वहाँकै कार्यकक्षमा आज ज्ञापन पत्र बुझाएको छ ।

उपाध्यक्ष केडियाले मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर भई सकेको र सरकारी तथा निजी गरी करिब ६० उद्योगहरु सञ्चालन रहेको जस मध्ये वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित १२ वटा सिमेन्ट उद्योगहरु क्लिंकर, जिप्सम, फ्लाई–ऐस आयात गरी ग्राईण्डीङ्ग युनिट समेत सञ्चालन गरी सिमेन्ट उत्पादन गर्दै आएको ज्ञापन मार्फत् बताउनुभयो ।

रक्सौल रेल्वे स्टेशन बीच बजार वस्ती क्षेत्रमा पर्न गएकोले आयातित क्लिंकर, जिप्सम, फ्लाई–ऐस र स्लेग लोडिङ्ग अनलोडिङ्ग गर्दा धुलो उड़न गई स्थानीय वातावरण प्रदूषित हुन गएकोले यसको ढुवानी अन्य कुनै स्थानबाट गर्नु प¥यो वा वीरगञ्ज सुख्खा बन्दरगाहमा लैजानु प¥यो भनि रक्सौलका स्थानीय जनता तथा राजनैतिक संगठनहरु समेतको व्यापक विरोधका कारण रक्सौलदेखि १० कि.मि. दक्षिणमा अवस्थित रामगढवा रेल्वे स्टेशनलाई प्रयोग गर्ने योजना तयार भई रहेकै परिप्रेक्ष्यमा रामगढवाका बासिन्दाहरुबाट रामगढवा स्टेशनलाई नेपाली औद्योगिक कच्चा पदार्थको लागि प्रयोग गर्न नदिने चेतावनी दिइरहेकोले रामगढवा पनि नेपाली औद्योगिक कच्चा पदार्थका लागि उपयुक्त नदेखिएकोले भारत सरकारलाई मानव बस्ती भन्दा टाढा छुट्टै नेपाली औद्योगिक कच्चा पदार्थका लागि स्थान उपलब्ध गराउन नेपाल तथा भारतका सम्बन्धित निकाय समक्ष पहलका लागि अनुरोध छ भनी सङ्घद्वारा प्रेषित ज्ञापन पत्रमा उल्लेख छ ।