जाइकाका पदाधिकारीहरुसंग भेटघाट तथा छलफल । Indo-Nepal Trade and Investment Promotion विषयक गोष्ठी सम्पन्न । एपीएल सिपिङ्ग कम्पनीका Head of Commercial Thakur सँग भेटघाट । हल्दिया डक कम्प्लेक्ससँग वीउवासङ्घको छलफल सम्पन्न
नेउवामहासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठसँग भेटघाट तथा छलफल
PDF Print E-mail
alt वीरगञ्ज, १३ पुस/ नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष श्री उमेशलाल श्रेष्ठसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले आज सङ्घकै कार्यकक्षमा एक समारोह बीच भेटघाट तथा छलफल गरेका छन् ।

सङ्घका का.वा. अध्यक्ष केडियाले यता केही दिनदेखि सिमेन्ट उद्योगहरुको लागि चाहिने क्लिङ्कर, जिप्सम, फ्लाई–ऐस, कोइला जस्ता कच्चा पदार्थको व्यवस्थापन, क्ष्ऋए सञ्चालनमा भइरहेको ढिलाई, एडिबीद्वारा वीरगञ्जमा भइरहेको नाला निर्माण कार्यमा भएको अनिश्चितता, वीरगञ्ज–पथलैया कोरिडोरमा विद्यमान लोडसेडिङ्गका सम्बन्धमा ध्यानाकर्षण गर्दै सम्बन्धित निकायसमक्ष पहलका लागि अनुरोध गर्नुभयो ।

नेउवामहासङ्घका उपाध्यक्ष श्रेष्ठले यस क्षेत्रका उद्योगहरुले भोगिरहेको एकीकृत चेकजाँच, लोडसेडिङ्ग, सिमेन्ट उद्योगका समस्याहरुप्रति आपूm गम्भीर रहेको विद्यमान समस्या समाधानका लागि आपूm पहल गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ, उपाध्यक्ष सुबोधकुमार गुप्ता, महासचिव सुनिलकुमार खेतान, सचिव माधव राजपाल, सह–सचिवद्वय प्रेमचन्द्र गोयल र आशीष लाठ लगायतको उपस्थिति रहेको थियो ।