जाइकाका पदाधिकारीहरुसंग भेटघाट तथा छलफल । Indo-Nepal Trade and Investment Promotion विषयक गोष्ठी सम्पन्न । एपीएल सिपिङ्ग कम्पनीका Head of Commercial Thakur सँग भेटघाट । हल्दिया डक कम्प्लेक्ससँग वीउवासङ्घको छलफल सम्पन्न
वीउवासङ्घ अध्यक्ष ओमप्रकाश शर्मालाई ५१ किलोको मालाले सम्मान
PDF Print E-mail
alt वीरगञ्ज, २१ पुस÷ नेपाली काङ्ग्रेसका पूर्व सभासद तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा प्रदेश २ को प्रदेशसभा सदस्यमा समानुपातिकबाट मनोनीत भएपछि उनलाई सम्मान गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयाजना गरेको सम्मान समारोहमा ५१ किलोको मालाले कार्यवाहक अध्यक्ष गोपाल केडियाले सम्मान गरेका थिए ।

सचिवालय सदस्य मनोज उपाध्यायको सहजीकरणमा सम्पन्न कार्यक्रममा वीरगञ्जका व्यवसायी गणेश लाठ, अशोक वैद्य, अनिल अग्रवाल, सुबोध गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरका थिए । कार्यक्रममा बोल्दै ओमप्रकाश शर्माले आफ्नो कार्यकालमा प्रदेश नं. २ वीउवासङ्घका अध्यक्ष ओमप्रकाशलाई ५१ किलोको मालासहित सम्मान आर्थिक गतिविधिको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आश्वासन दिए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कावा अध्यक्ष गोपाल केडियाले वीरगञ्जको आथिक विकाससँग सम्बन्धित योजना तथा कायक्रममा बढी केन्द्रित भएर रणनीतिक तहमा सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे ।