जाइकाका पदाधिकारीहरुसंग भेटघाट तथा छलफल । Indo-Nepal Trade and Investment Promotion विषयक गोष्ठी सम्पन्न । एपीएल सिपिङ्ग कम्पनीका Head of Commercial Thakur सँग भेटघाट । हल्दिया डक कम्प्लेक्ससँग वीउवासङ्घको छलफल सम्पन्न
भंसार प्रमुखहरुसँग वीउवासङ्घको भेटघाट तथा छलफल
PDF Print E-mail
alt वीरगञ्ज, १५ माघ/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वीरगञ्ज भन्सार प्रमुख, सेवन्तक पोखरेल, सुख्खाबन्दरगाह भन्सार प्रमुख सूर्य सेढाईका साथै रक्सौल कस्टमका डेपुटी कमिश्नर सन्तोष कुमार सँग भन्सारमा देखिएका विभिन्न समस्याहरु सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले स्वागत मन्तव्यका क्रममा पर्सा बारा लगायत यस क्षेत्रका उद्योगी व्यवसायीहरुले भारतीय, रक्सौल कस्टमका साथै वीरगञ्ज भन्सार र ड्राईपोर्ट भन्सार कार्यालयले नेपाली आयात निर्यातलाई सहजीकरण गर्दै भन्सार सम्बन्धि देखा परेका समस्याहरु प्रति तीनै भन्सार प्रमुखकोे ध्यानाकर्षण गराउनु भएको थियो । सोही क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष प्रदीप केडियाले रक्सौल देखि लक्ष्मीपुर सम्मको दिनहु जसो लाग्ने जाम र सो बाट यस क्षेत्रका उद्योगी व्यवासयीहरुलाई लाग्ने थप व्यय भार बारे आफ्ना कुरा राख्नु भएको थियो भने सङ्घका पूर्व अध्यक्ष अशोककुमार टेमानीले आउँदा दिनमा नेपाल भारतको सयुक्त लगानीमा निर्माणाधिन एकीकृत भन्सार चौकी संचालनमा आई सके पछि सुख्खाबन्दरगाहमा आउने रेलको चेक जाँच सुख्खाबन्दरगाहमा नभएर एकीकृत भन्सारमा हुनु पर्ने बाताउनु भएको थियो । साथै सङ्घका उपाध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले भन्सार सम्बन्धि नीतिगत तथा व्यवहारिक जटिलताबारे प्रमुख अधिकृतहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।

वीउवासंघका कुराहरु प्रति आफ्नो धारणा व्यक्त गर्दै रक्सौल कस्टमका डेपुटी कमिश्नरले छलफलमा उठेका समस्यहरुलाई बुन्दागत रुपमा केलाउँदै रक्सौल कस्टमले यस क्षेत्रका उद्योगी व्यवसायी मात्र नभई नेपालले गरेको आयात, निर्यातमा रक्सौल कस्टम जहिले पनि टेवा पु¥याउने काम गरि रहेको बताउँदै कस्टमले गर्नु पर्ने कामबारे उपस्थित सबैलाई जानकारी गराउनुका साथै एकीकृत भन्सार चौकी संचालनमा आई सके पछि रक्सौल लाग्ने दिनहुको जामको समस्याबाट निजात पाउने र अहिले पनि जाम नलाग्न दिन कस्टमले २४ घण्टा आफ्नो काम गरि रहेको बताउनु भएको थियो ।

ड्राईपोर्ट भन्सार प्रमुख सूर्य सेढाई तथा वीरगञ्ज भन्सार प्रमृुख सेवन्तक पोखरेलले भन्सारमा देखिएका नीतिगत समस्या प्रती गम्भिर रहेको बताउँदै आयात निर्यातमा देखिएका व्यवहारिक समस्याहरुको निदान गर्न हामी २४ घण्टा तत्पर रहेको भन्नु भएको थियो

कार्यक्रममा वीउवासंघका उपाध्यक्ष सुबोध गुप्ताले धन्यवाद ज्ञापन व्यक्त गर्नुहुँदै पर्सा÷बारामा अवस्थित उद्योगी व्यवसायीहरुले उठान गरेका समस्याहरु समाधान हुने कुरा आफु विश्वस्त रहेका बताउनुभयो । सङ्घका उपाध्यक्ष सुवोध कुमार गुप्ताले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने प्रशासकीय अधिकृत मनोज उपाध्यायले संचालन गरेको उक्त कार्यक्रममा वीउवासंघका पदाधिकारी, का.स.स.हरुको उपस्थिति रहेको थियो ।