वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न । वीउवासङ्घद्वारा भारतीय कन्सुल कोट्रास्वामी एम.सँग भेटघाट । सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरु भेटघाट सम्पन्न । पारवाहन सम्बन्धी अन्तक्रिया सम्पन्न । वीउवासङ्घद्वारा एकीकृत जाँच चौकीको स्थलगत अवलोकन । आयात निर्यात प्रक्रिया सम्बन्धी तालिम सम्बन्धी । वीरगञ्ज मनपाद्वारा सेफर वीरगञ्जलाई १५ लाखको चेक हस्तान्तरण । भारतीय प्रम मोदीसँग वीउवासङ्घको भेटघाट तथा छलफल । श्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न । सङ्घद्वारा प्रदेश नं. २ को नीति तर्जुमा सम्बन्धी कार्यक्रम सम्पन्न
सङ्घद्वारा प्रदेश नं. २ को नीति तर्जुमा सम्बन्धी कार्यक्रम सम्पन्न
PDF Print E-mail
alt प्रस, वीरगंज, २१ चैत/ प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबुराउतले आगामी पाँच वर्षमा नेपालकै विकसित तथा समृद्ध प्रदेशको रूपमा प्रदेश नं. २ आउने विश्वास व्यक्त गरेका छन् ।

वीरगंज उद्योग वाणिज्य सङ्घद्वारा होटल मकालुमा आयोजित प्रदेश नं. २ को आगामी नीति र कार्यक्रमको तर्जुमा तथा परिमार्जनसहित सुझाव सङ्कलन कार्यक्रमलाई सम्बोध गर्दै प्रदेश नं. २ कृषि उत्पादकत्व एवं औद्योगिक क्षेत्रको प्रदेश भएकोले आगामी नीति तथा कार्यक्रमहरू पनि प्रदेशलाई समृद्धतर्पm डो¥याउने खालको प्रदेश सरकारले बनाउन लागेको चर्चा गरे ।

प्रदेश नं. २ को विकास भए नभने समग्र नेपालको विकास हुन सक्दैन, प्रदेशको विकासको लागि प्रदेश २ बाट केन्द्रीय मन्त्रीहरू मातृकाप्रसाद यादव, रघुवीर महासेठ एवं प्रधानमन्त्रीलगायतले प्रतिबद्धता जाहेर गरी सकेको जानकारी गराउँदै आर्थिक नगरी वीरगंजका व्यवसायीहरूले पनि सकारात्मक सहयोग पाए प्रदेश २ लाई समृद्ध प्रदेश बनाउने आपूmहरूको रणनीति रहेको उनले धारणा राखेका थिए ।

प्रदेश नं. २ को विकास गर्न आपूmहरूको ध्यान सुशासन, शिक्षा, समृद्धिलगायत पाँच वटा ‘स’ मा रहेको छ ।

उद्योगी व्यवसायीहरूको लागि चाहिने लगानीमैत्री कानुन ल्याएर कृषिजन्य उत्पादनको लागि उद्योग स्थापना गर्न पनि प्रदेश सरकार केन्द्रित रहेको बताए । प्रदेश नं. २ का अर्थमन्त्री विजय यादवले स्वदेशी उद्योगहरूलाई प्रोत्साहन गर्ने किसिमको नीति ल्याइ उद्योग व्यवपारलाई बढावा दिने बताए ।

अर्थमन्त्री यादवले प्रदेश नं. २ लाई केन्द्रले गर्ने विभेदलाई चिरेर अघि बढ्न केन्द्र सरकारलाई आग्रह गरे । सबैभन्दा बढी राजस्व सङ्कलन तथा प्रदेश २ लाई त्यही हिसाबको बजेट र अनुदान उपलब्ध गराउनु पर्ने उनले धारणा राखे ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष्F एवं प्रदेशसभा सदस्य ओमप्रकाश शर्माको अध्यक्ष्Fता एवं मनोज उपाध्यायको सहजीकरणमा सम्पन्न कार्यक्रममा वीरगंजका मेयर विजय सरावगी, व्यवसायीहरू अशोक वैद, अशोक टेमानी, प्रदीप केडिया, राजेशकुमार केडिया, जगदीश अग्रवाल, माधव राजपाल, प्राध्यापक आनन्दप्रसाद यादवलगायतले प्रदेश सरकारले समेट्नु पर्ने नीतिको बारेमा सुझावसहितको मन्तव्य व्यक्त गरेका थिए ।

साभार : प्रतीक दैनिक