|
श्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न |
|
वीरगञ्ज, २१ बैशाख/
राष्ट्रिय व्यावसायिक पहल, काठमाण्डौं तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा नेपाल सरकारले ल्याएको “नेपालमा श्रम ऐन ः परिवर्तन र यसका प्रभावहरु” विषयक बृहद छलफल कार्यक्रम आज सङ्घकै सभाकक्षमा आयोजना ग¥यो ।
उक्त कार्यक्रममा सङ्घका कार्यवाहक अध्यक्ष सुबोध कुमार गुप्ताको सभापतित्वमा तथा बरिष्ठ अधिवक्ता एवम् सांसद रामनारायण बिडारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बरिष्ठ अधिवक्ता एवम् सांसद रामनारायण बिडारी र बरिष्ठ अधिवक्ता दीपक घिमिरेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
|