वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न । वीउवासङ्घद्वारा भारतीय कन्सुल कोट्रास्वामी एम.सँग भेटघाट । सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरु भेटघाट सम्पन्न । पारवाहन सम्बन्धी अन्तक्रिया सम्पन्न । वीउवासङ्घद्वारा एकीकृत जाँच चौकीको स्थलगत अवलोकन । आयात निर्यात प्रक्रिया सम्बन्धी तालिम सम्बन्धी । वीरगञ्ज मनपाद्वारा सेफर वीरगञ्जलाई १५ लाखको चेक हस्तान्तरण । भारतीय प्रम मोदीसँग वीउवासङ्घको भेटघाट तथा छलफल । श्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न । सङ्घद्वारा प्रदेश नं. २ को नीति तर्जुमा सम्बन्धी कार्यक्रम सम्पन्न
भारतीय प्रम मोदीसँग वीउवासङ्घको भेटघाट तथा छलफल
PDF Print E-mail
alt जनकपुरधाम, २८ बैशाख/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको नेतृत्वमा पर्सा–बारा क्षेत्रका उद्योगी व्यवसायीहरु सम्मिलित एक टोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटघाट तथा छलफल गरेको छ । नेपालको दुई दिने भ्रमणमा रहनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा रहेको भएको नागरिक अभिन्नदन कार्यक्रमको अवसर पारी उक्त भेटघाट एवम् छलफल गरेका हुन् ।

वीरगञ्ज पर्सा, बारा लगायत छिमेकी मुलुक भारतको रक्सौल क्षेत्रका पूर्वाधार विकास हेतु तयार पारिएको पत्र सहित सङ्घका अध्यक्ष सहितको प्रतिनिधिमण्डले छुट्टै भेटघाट गरेका थिए । उक्त अवसरमा सङ्घका अध्यक्षले मौखिक र लिखित रुपमा यस क्षेत्रको विकासमा भारतबाट ठूलो सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री मोदीलाई अवगत गराउनु भएको यियो ।

प्रतिनिधि मण्डलमा सङ्घका निर्वमान अध्यक्ष प्रदीपकुमार केडिया, वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, उपाध्यक्ष सुबोधकुमार गुप्ता, सचिवद्वय माधव राजपाल एवम् मनोजकुमार दास, सङ्घका पूर्व अध्यक्ष अशोककुमार बैध, अशोककुमार टेमानी, बाबुलाल चाचान, सल्लाहकार हीरालाल केडिया, जगदीशप्रसाद अग्रवाल समेतको उपस्थिति रहेको थियो ।