वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न । वीउवासङ्घद्वारा भारतीय कन्सुल कोट्रास्वामी एम.सँग भेटघाट । सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरु भेटघाट सम्पन्न । पारवाहन सम्बन्धी अन्तक्रिया सम्पन्न । वीउवासङ्घद्वारा एकीकृत जाँच चौकीको स्थलगत अवलोकन । आयात निर्यात प्रक्रिया सम्बन्धी तालिम सम्बन्धी । वीरगञ्ज मनपाद्वारा सेफर वीरगञ्जलाई १५ लाखको चेक हस्तान्तरण । भारतीय प्रम मोदीसँग वीउवासङ्घको भेटघाट तथा छलफल । श्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न । सङ्घद्वारा प्रदेश नं. २ को नीति तर्जुमा सम्बन्धी कार्यक्रम सम्पन्न
वीरगञ्ज मनपाद्वारा सेफर वीरगञ्जलाई १५ लाखको चेक हस्तान्तरण
PDF Print E-mail
alt वीरगञ्ज, १ जेष्ठ/ वीरगञ्ज महानगरपालिका कार्यालयले सेफर वीरगञ्जलाई सहयोग वापत एक समारोहका बीच १५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । वीरगञ्ज महानगपालिका कार्यालयमा आयोजित एक कार्यक्रम बीच नगर प्रमुख (मेयर) विजयकुमार सरावगीले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मालाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाईमा जिल्ला प्रहरी कार्यालय, पर्सा, बैंक तथा वित्तीय संस्था, नागरिक समाज समेतको सहभागितामा सञ्चालित सेफर वीरगञ्जले वीरगञ्ज नगरलाई शान्त, सुन्दर, सफा र सुरक्षित तुल्याउने उद्देश्यले नगर क्षेत्रमा सिसि क्यामेराको जडान तथा मर्मत सम्भार गर्दै आएको छ ।

मेयर सरावगीले सरसफाई र सुरक्षा नगरवासीको प्राथमिकता भएकोले वीरगञ्ज महानगरपालिकाको सुरक्षा र सरसफाइलाई सुदृढ बनाउन नगरलाई सुरक्षित गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानबाट नगर सुरक्षित र शान्त हुने र अपराध पनि घट्ने बताउनुभयो ।

वीउवासङ्घका अध्यक्ष शर्माले प्राप्त सहयोगले सेफर वीरगञ्जद्वारा थालनी गरिएको काम कारवाहीमा ठूलो सहयोग पुग्ने बताउनु हुँदै उक्त अवसरमा सेफर वीरगञ्जलाई अझ प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सबैसँग निरन्तर सहयोगको लागि अपिल गर्नु भयो ।

कार्यक्रममा वीउवासङ्घका महासचिव सुनिलकुमार खेतान, वीउवासङ्घका कार्यकारी सचिव सुनिलकुमार कण्ठलगायतको उपस्थिति रहेको थियो ।