|
आयात निर्यात प्रक्रिया सम्बन्धी तालिम सम्बन्धी |
|
वीरगञ्ज, २१ जेष्ठ/
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आज डिउटी फ्रि कोटा फ्रि, एक्जिम कोड, जिएसपी रेक्स सिस्टम, भंसार आयात निर्यात प्रक्रिया सम्बन्धी एक दिने तालिम÷अन्तरक्रिया कार्यक्रम सङ्घकै सभाकक्षमा सम्पन्न भएको छ ।
सङ्घका का.वा. अध्यक्ष गोपाल केडियाले स्वागत मन्तव्यका क्रममा अहिलेको परिवर्तित सन्दर्भमा आयात निर्यातका विधि, प्रक्रिया र प्रावधान, निकासीका क्रममा प्राप्त गर्न सकिने सुविधा सहुलियत हरु बारे यस पेशामा आबद्ध भएकाहरुले स्पष्ट रुपले बुझ्नुपर्ने बताउनुहुँदै परम्परागत रुपमा नै व्यापार, व्यवसाय, आयात, निर्यात गर्दा आयात निर्यातसँग जोडिएर आउने बैंक, भंसार निर्यातकर्ता र आयातकर्ताहरुले पुरा गर्नु पर्ने कागजी प्रक्रिया र राज्यका ऐन, नियमहरु के के हुन सो बारे जानकार हुनु पर्ने बताउनुभयो ।
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयश खनालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै आयात निर्यात प्रक्रिया, कोटा फ्रि डिउटी फ्रिका प्रावधान, युरोपियन युनियनमा निर्यात गर्दा रजिष्टर्ड एक्सपोर्टर नम्बर लिनु पर्ने व्यवस्थाका बारे प्रकाश पार्दै अन्तरक्रियाबाट विद्यमान ऐन, कानून र व्यवस्थाका बारे सहभागीहरुलाई सुसूचित गर्ने उद्देश्य रहेको बताउनुभयो ।
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले डिउटी फ्रि कोटा फ्रि र जिएसपी रेक्स सिस्टमका सम्बन्धमा तथा वीरगञ्ज भंसार कार्यालयका भंसार अधिकृत प्रकाश पोखरेलले एक्जिम कोड र आयात निर्यात प्रक्रियाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
सङ्घका सचिव माधव राजपालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका उपसचिव सिद्धिचरण दाहाल लगायत स्थानीय आयात÷निर्यातकर्ताको उपस्थिति रहेको थियो ।
|