वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न । वीउवासङ्घद्वारा भारतीय कन्सुल कोट्रास्वामी एम.सँग भेटघाट । सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरु भेटघाट सम्पन्न । पारवाहन सम्बन्धी अन्तक्रिया सम्पन्न । वीउवासङ्घद्वारा एकीकृत जाँच चौकीको स्थलगत अवलोकन । आयात निर्यात प्रक्रिया सम्बन्धी तालिम सम्बन्धी । वीरगञ्ज मनपाद्वारा सेफर वीरगञ्जलाई १५ लाखको चेक हस्तान्तरण । भारतीय प्रम मोदीसँग वीउवासङ्घको भेटघाट तथा छलफल । श्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न । सङ्घद्वारा प्रदेश नं. २ को नीति तर्जुमा सम्बन्धी कार्यक्रम सम्पन्न
पारवाहन सम्बन्धी अन्तक्रिया सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, ३१ जेठ/ वीरगज उद्योग वाणिज्य सङ्घ र भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको संयुक्त आयोजनामा नेपाल–भारत पारवाहन सम्बन्धी अन्तक्रिया आज स्थानीय होटल मकालुमा सम्पन्न भयो ।

कार्यक्रमका अध्यक्ष वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले आइसिपीको सञ्चालनपछि सवारी जाम बढेको बताए । उनले अहिले सुगौलीसम्म सवारीका साधनहरुको जाम लाग्ने गरेको बताए ।

अध्यक्ष शर्माले आइसिपीको सुरक्षामा तैनाथ भारतीय सरक्षाकर्मीहरूको रवैया मैत्रीपूर्ण नभएको गुनासो गरे । उनले सुरक्षाकर्मीहरूको अनावश्यक हस्तक्षेपकारी भूमिकाले क्लियरिङ्ग एजेन्ट र भारतबाट आउने चालकहरू आउन नमान्ने दुःखेसो पोखे ।

अध्यक्ष शर्माले नेपाली व्यावसायीहरूले आइसिपीको सञ्चालनपछि राहत पाउनको साटो उल्टो समस्यामा पर्न थालेको बताए । आइसिपी सञ्चालनताका जति उत्साही व्यवसायीहरू भएका थिए, त्यत्तिकै अहिले निराश भएका बताए ।

अर्का वक्ता पूर्व अध्यक्ष अशोक वैदले आइसिपीका व्यवस्थापकीय कमजोरीका कारण व्यवसायीहरूल अनावश्यक विलम्ब शुल्क तिर्नुपरिरहको तर्फ ध्यानाकर्षण गराएका थिए । उनले कोलकाता पोर्टमा तेस्रो मुलुकबाट आउने कन्टेनरहरू चेकजाँच भएर शिलबन्दी आउँदा पुनः आइपिसी र भंसारहरूमा चेकजाँच गरिंदा व्यापारीहरूलाई आर्थिक भार र समयको नोक्सानी भइरहेको बताए । उनले कोलकातामा चेकजाँच भएका कन्टेनरहरू दोहोरो चेकको व्यवस्था हटाउन अथवा कोलकातामा चेकजाँच नगरी सीधा वीरगजमा चेकजाँच गर्ने व्यवस्थाका लागि भारतीय पक्षसँग संवाद गर्न सुझाव दिए ।

अन्तक्र्रियामा अर्का पूर्व अध्यक्ष प्रदीप केडिया, उपाध्यक्ष सुबोध गुप्ताले पनि कोलकाता बन्दरगाहमा नपाली व्यापारीहरूको लाखांै लाख रकम क्लियरिङ्ग एजेन्टहरूले अनधिकृतरूपमा लिने गरेको, आइसिपीका सञ्चालन पनि ४० प्रतिशत आर्थिक भार कम हुने प्रचार गरिएकोमा उल्टो व्यापारीहरूले थप आथिक भार व्यहोर्नु परेको जस्तो गुनासो गरेका थिए ।

भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत नारायणप्रसाद शमार्ल दुवै तर्फका अधिकारीहरूको भेला राखी समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए । उनले शुरुका दिनमा कोलकाता बन्दरगाहमा पनि यसै प्रकारको समस्या आएको र विस्तारै निराकरण गरिएको बताउँदै आपसी संवाद, छलफलबाट समस्या पहिचान गर्ने र सम्बन्धित पक्षबाट हुने कमजोरी सुधार गरी समस्या समाधानतर्फ पहल गरिने बताए ।

अन्तक्रिया कार्यक्रममा नेपाली महावाणिज्य दूतावासकी सीता घिमिरे, वीरगज भंसारका प्रमुख सेवन्तक पोखरेल, सुख्खा बन्दरगाह भंसारका प्रमुख सूर्य सेढाइ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।