|
वीउवासङ्घद्वारा भारतीय कन्सुल कोट्रास्वामी एम.सँग भेटघाट |
|
वीरगञ्ज, ६ आषाढ/
भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका व्यापार तथा आर्थिक सहयोग हेर्ने नवआगन्तुक वाणिज्यदूत कोट्रास्वामी एम.लाई वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोहबीच स्वागत, भेटघाट तथा छलफल गरेको छ ।
वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको उद्योग, व्यापारको अवस्था र भारतीय महावाणिज्य दूतावास, वीरगञ्जबाट प्राप्त गर्दै आएको सहयोग अवगत गराउनुभयो ।
भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका नवआगन्तुक वाणिज्यदूत कोट्रास्वामी एम.ले दुई मुलुक बीचको व्यापारलाई प्रबद्र्धन गर्न आपूm सदैव सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, उपाध्यक्ष सुबोधकुमार गुप्ता, पूर्व अध्यक्ष अशोककुमार टेमानी, महासचिव सुनिलकुमार खेतान, सचिव माधव राजपाल, सह–कोषाध्यक्ष अरविन्द्र अमात्य, सह–सचिवद्वय प्रेमचन्द्र गोयल र आशीष लाठ लगायतको उपस्थिति रहेको थियो ।
|